Comments Add Comment

महिला यू-१९ एसिया कपमा नेपालले पाकिस्तानलाई हरायो

काठमाडौं, १ पुस । यू–१९ महिला एसिया कपमा नेपालले पाकिस्तानलाई हराएको छ ।

पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा भेट्टाएको हो ।

नेपालकी कप्तान पूजा महतोले अविजित सर्वाधिक ४७ रन बनाइन् । मलेसियाको बायोमास क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका लागि कोमल खानल ३८, महम एनिसले अविजित १९, राभाली फरानले १३  र जोफिशान अयाजले १२ रन बनाए ।

नेपालका लागि कप्तान पूजा महतोले दुई तथा रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले समान एक विकेट लिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै