Comments Add Comment

एनपीएलमा पोखरा एभेन्जर्सको पहिलो जित

काठमाडौं, २१ मंसीर । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग पहिलो जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार पोखराले लुम्बिनी लायन्सविरुद्ध १० विकेटको विकेटको सनदार जित दर्ता गरेको हाे ।  लुम्बिनीले प्रस्तुत गरेको १७१ रनको पछ्याएको पोखराले १६.५ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गरेको हो।

पोखराका लागि आन्द्रेस गोउसले ५५ बलमा १२ चौका र पाँच छक्काको मद्दतले अविजित १०४ रनको योगदान गरेका थिए भने दिनेश खरेलले ४६ बलमा समान चार चौका र छक्काको मद्दतले ६१ रन बनाए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले २० ओभरको समाप्तिमा पाँच विकेट गुमाउँदै १७० रनको योगफल तयार पार्यो । रोहित र मूर्सले चौथो विकेटका लागि ११० रनको साझेदारी गरे । रोहितले ५९ बलमा १० चौका र चार छक्कासहित ९५ रनको पारी खेल्दा मूर्स अर्धशतकबाट पाँच रनले चुके ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै