पाँचथर । जिल्लाको फिदिम नगरपालिका–६ सिवामा सिवा कला, साहित्य, सांस्कृतिक महोत्सव तथा अर्थबाज आमन्त्रित अन्तरपालिका स्तरिय पुरुष भलिबल प्रगियोगिता हुने भएको छ।
सिवा साहित्यीक साँस्कृतिक तथा खेलकुद आयोजक समितिको आयोजनामा भगवति मा.विको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने आयोजक समितिका अध्यक्ष तथा वडा अध्यक्ष विपन तुम्रोकले बताए ।
प्रतियोगिता फागुन २ गतेदेखी ७ गतेसम्म सञ्चालन हुने छ। जसमा १० टिम सहभागि हुनेछन् । टिममा पाँचथरको फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका, मिक्लाजुङ गाउँपालिका र फाल्गुनन्द गाउँपालिका रहेका छन् भने ताप्लेजुङको सिदिङ्वा गाउँपालिका, तेहृथुमको फेदाप गाउँपालिका, झापाको दमक नगरपालिका र भद्रपुर नगरपालिका, मोरङको बेलबारी नगरपालिका र संखुवासभाको पाँचखपन नगरपालिका सहभागि हुने छन् ।
प्रतियोगिताको विजेताले नगद १ लाख प्राप्त गर्दा उपविजेताले ७० हजार प्राप्त गर्नेछन् ।