0 प्रतिक्रिया
युद्धबहादुर बोहोरा ‘नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार’ बाट सम्मानित
AI सारांश
Fast AIनयाँ बुलन्द डटकमको नवौं वार्षिकोत्सवका अवसरमा पत्रकार युद्धबहादुर बोहोरा ‘नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार २०८२’ बाट पुरस्कृत भएका छन्। उनलाई नगद १०,००० रुपैयाँ सहित सम्मान गरिएको हो। फाकफोकथुम गाउँपालिका–५ स्थित आमचोकको सभाहलमा आयोजित विशेष समारोहबीच सो पुरस्कार प्रदान गरिएको नयाँ बुलन्द डटकमका सम्पादक तथा सञ्चालक राम योङहाङले जानकारी दिए।
पाँचथर र इलामको सीमावर्ती क्षेत्र घुर्विसे–पञ्चमी बजारलाई कार्यक्षेत्र बनाएर एक दशकभन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएका बोहोरा विभिन्न स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यमहरूसँग आवद्ध छन्।
वार्षिकोत्सवमा पत्रकार बोहोराको योगदानको उच्च मूल्याङ्कन गर्दै पत्रकारिता क्षेत्रमा थप उर्जा मिलोस् भन्ने उद्देश्यका साथ सम्मान गरिएको आयोजकले जनाएको छ।
पाँचथर, जेष्ठ २६
इलामबाट सञ्चालित अनलाइन सञ्चारमाध्यम नयाँ बुलन्द डटकमको नवौं वार्षिकोत्सवका अवसरमा पत्रकार युद्धबहादुर बोहोरा ‘नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार २०८२’ बाट पुरस्कृत भएका छन्। उनलाई नगद १०,००० रुपैयाँ सहित सम्मान गरिएको हो।
फाकफोकथुम गाउँपालिका–५ स्थित आमचोकको सभाहलमा आयोजित विशेष समारोहबीच सो पुरस्कार प्रदान गरिएको नयाँ बुलन्द डटकमका सम्पादक तथा सञ्चालक राम योङहाङले जानकारी दिए।
पाँचथर र इलामको सीमावर्ती क्षेत्र घुर्विसे–पञ्चमी बजारलाई कार्यक्षेत्र बनाएर एक दशकभन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएका बोहोरा विभिन्न स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यमहरूसँग आवद्ध छन्। उनी सत्य तथ्य र जनपक्षीय पत्रकारिताका पक्षधरका रूपमा चिनिन्छन्।
वार्षिकोत्सवमा पत्रकार बोहोराको योगदानको उच्च मूल्याङ्कन गर्दै पत्रकारिता क्षेत्रमा थप उर्जा मिलोस् भन्ने उद्देश्यका साथ सम्मान गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा पत्रकार, स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा अन्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









