0 प्रतिक्रिया
मधेसका मेयरले निःशुल्क बाँडे सिलिन्डरसहित ८ हजार ग्याँस चुल्हो
AI सारांश
Fast AIयस समाचारलाई ३ बुँदामा छोटो सारांश निम्नलिखित छ:
* परोहा नगरपालिकामा मेयर शेख वकीलको पहलमा नगरलाई धुवाँमुक्त बनाउन ८ हजार परिवारलाई ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट बितरण गरिएको छ।
* यस कार्यक्रम भारतीय सीमामासँग जोडिएको रौतहटको दक्षिणभेग परोहा नगरपालिकाका प्रायः सम्पूर्ण परिवारलाई लाभान्वित गर्दै आएको छ।
* मेयर शेख वकीलको सक्रियतामा परोहा नगरपालिकामा विभिन्न विकासकार्यहरू संचालन भएको छ, जस्तै कि गाउँगाउँमा कालोपत्रे बाटो, ढलान देखी बाटोको दुबै तर्फ वृक्षारोपण, जस्ता महत्वपूर्ण कामहरू भएको छ।
सञ्जय मिश्रा
रौतहट २४ पुस। भारतीय सीमामासँग जोडिएको रौतहटको दक्षिणभेग परोहा नगरपालिकाका प्रायः सम्पूर्ण परिवारलाई ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट बितरण गरिएको छ।
मेयर शेख वकीलको पहलमा नगरलाई धुवाँमुक्त बनाउन ८ हजार परिवारलाई ग्याँस सिलिन्डरसहित चुल्हो सेट निःशुल्क वितरण गरिएको हो । परोहा नगरपालिका– ४ स्थित प्रहरी चौकीको प्रांगणबाट आइतबार देखी ग्याँससहितको चुल्हो सेट बितरण कार्यक्रम सुरु भएको हो ।
ग्याँस सिलिण्डर चुल्हो सेट बितरण कार्यक्रम बुधवार पनि जारी रहेको छ। नगरसभाबाट पारित कार्यक्रम अनुसार नगरको प्रत्येक घर परिवारलाई पुग्ने गरी लगभग ८ हजार ग्याँस चुल्हो सेट बितरण गर्ने योजना र कार्यक्रम बितरण भईरहेको परोहाका प्रमुख प्रशासकीय अधिकृत महमद महफुज अहमदले बताएका छन्।
‘चुनावमा प्रतिबद्धता गरेको थिए ,त्यहि प्रतिबद्धता पुरा गर्न लागि परेको छु । दाउरा, कोइला, गुइँठा जस्ता परम्परागत इन्धनमा आत्मनिर्भर ग्रामीण क्षेत्रका घर परीवारका महिलामा श्वास प्रश्वास जस्ता रोगको जोखिम रहेको भन्दै धुवाँ मुक्त नगर बनाउने चुनावमा गरेको प्रतिबद्धता अनुसार ग्याँस सहितको सिलिण्डर तथा चुल्हो सेट बितरण कार्यक्रम आयोजना गरिएको हो,’ मेयर शेख वकिलले भने ।
नगरका हुनेखाने परिवारको पहिले देखि नै ग्याँस चुल्होसम्म पहुँच भएतापनि अति गरीब बिपन्न तथा दलित परिवारमासमेत नगरपालिकाद्वारा पहुँच बनाएपछि उनीहरू निकै खुसी भएका छन्।
परोहा नगरपालिकामा नेपाली कांग्रेसको टिकटबाट दोस्रो पटक मेयर बनेका शेख वकिलको सक्रियतामा पहिलो कार्यकाल मै गाउँगाउँमा कालोपत्रे बाटो, ढलान देखी बाटोको दुबै तर्फ वृक्षारोपण जस्ता महत्वपूर्ण कामहरू भएको छ।
जिल्लाको १८ पालिकामध्ये अधिकांसमा बजेट कै भागबन्डाको विषय लिएर जनप्रतिनिधि बिच पटक पटक बिवाद हुँदै आएको छ। तर परोहाका मेयर शेख वकिलको सुझबुझले नगरमा बजेट अथवा अन्य कुनै बिषयमा जनप्रतिनिधि बिच कहिलै मनमुटाव समेत नभएको स्थानीयहरुले बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









