0 प्रतिक्रिया
आठौँ चौरी महोत्सव चैत्र ३१ देखी हुदैँ
AI सारांश
Fast AI१. पाँचथरको फालेलुङमा आठौँ चौरी महोत्सव चैत्र ३१ गते देखी वैशाख २ गतेसम्म सञ्चालन हुने भएको छ।
२. महोत्सवले प्राकृतिक, जैविक विविधतासंग जोडिएको सिमाक्षेत्र पर्यटनबाट प्राप्त लाभको भागेदारी नेपाल र नेपालीलाई पनि बनाउने र राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पु¥याउने उदेश्य राखेको छ।
३. महोत्सवमा याक डान्स तथा झाँकी प्रदर्शन, चौरीपालकहरुको हुर्कुत पड्काउने, डोरी तान्ने , मैत्रिपूण फुटबल खेल, छेलो हान्ने , सम्मान कार्यक्रम साथै चर्चित हाँस्य कलाकार तथा जादुगर शेरबहादुर गुरुङको साथमा साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ।
पाँचथर । पाँचथरको फालेलुङमा आठौँ चौरी महोत्सव चैत्र ३१ गते देखी हुदै छ। फालेलुङ गाउँपालिका वडा नं ४ मा पर्ने चारराते क्षेत्रमा आठौँ संस्करणको चौरी महोत्सव चैत्र ३१ गतेदेखी वैशाख २ गतेसम्म सञ्चालन हुने भएको छ।
तिन दिन सम्म सञ्चालन हुने महोत्सवको जानकारी आयोजकले चैत्र १५ गते फिदिममा पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । यसको मुख्य आयोजकमा फालेलुङ गाउँपालिका र आयोजकमा फालेलुङ कञ्चनजङ्गा पर्या पर्यटन प्रवर्द्न संस्था, दिप ज्योति युवा क्लब र कञ्चनजङ्घा चौरी पालन तथा संरक्षण संस्था पाँचथर रहेका छन् ।
आठौँ चौरी महोत्सवले प्राकृतिक, जैविक विविधतासंग जोडिएको सिमाक्षेत्र पर्यटनबाट प्राप्त लाभको भागेदारी नेपाल र नेपालीलाई पनि बनाउने र राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पु¥याउने उदेश्य राखेको छ।
यसका साथै लोपोन्मुख चौँरी, रेडपाण्डा संस्कृतिको जर्गेना गर्दै जैविक विविधताको संरक्षण गर्नु, उच्च पहाडी क्षेत्रको पर्यावरण सन्तुलन कायम गर्नु, नेपाली अर्गानिक मौलिकताको संयोजन गरी यसको ब्राण्ड निर्माण गर्ने र विश्व पर्यटन बजारलाई अकर्षित गर्ने, पर्यापर्यटनको माध्यमबाटनै स्थानीय समुदायको दिगो जिविकोपार्जनमा टेवा पु¥याउने मुख्य उदेश्यका साथ चौरी उहोत्सव हुन लागेका फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जवेगुले जानकारी दिनुभयो ।
महोत्सवमा याक डान्स तथा झाँकी प्रदर्शन, चौरीपालकहरुको हुर्कुत पड्काउने, डोरी तान्ने , मैत्रिपूण फुटबल खेल, छेलो हान्ने , सम्मान कार्यक्रम साथै चर्चित हाँस्य कलाकार तथा जादुगर शेरबहादुर गुरुङको साथमा साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









