0 प्रतिक्रिया
फिदिम भेट्रान्स : फिदिम र रेडस्टार विर्तामोड फाइनलमा प्रवेश
AI सारांश
Fast AIफिदिम भेट्रान्स कप प्रतियोगिताको सारांश निम्न ३ वटा बुँदामा प्रस्तुत गरिएको छ:
1. **फिदिम भेट्रान्स क्लब र रेडस्टार भेट्रान्स क्लब विर्तामोड फाइनलमा प्रवेश**: फिदिम भेट्रान्स क्लबले दुधे भेट्रान्स झापालाई टाइब्रेकरमा ३-१ गोल अन्तरले हराउदै फाइनलमा प्रवेश गरेको छ, जबकि रेडस्टार भेट्रान्स क्लब विर्तामोडले बौद्ध भेट्रान्स रानिटारलाई ३-२ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
2. **म्यान अफ दि म्याच**: दुवै खेलको म्यान अफ दि म्याच फिदिमका गोल रक्षक रोशन श्रेष्ठ र विर्तामोडका बुद्ध चेम्जोङ बनेका छन्, जसले दुई दुई हजार रुपैया प्राप्त गरेका छन्।
3. **फाइनल खेल र पुरस्कार**: फाइनल खेल माघ १२ गते शनिबार हुनेछ, जसमा विजेताले १ लाख ५ हजार ५५५ र उपविजेताले ५५ हजार ५५५ प्राप्त गर्ने आयोजकले जनाएको छ।
पाँचथर । सदरमुकाम फिदिममा जारी दोस्रो संस्करणको फिदिम भेट्रान्स कप प्रतियोगितामा फिदिम भेट्रान्स क्लव र रेडस्टार भेट्रान्स क्लव विर्तामोड फाइनलमा प्रवेश गरेको छ।
शुक्रबार भएको प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनल खेलमा दुधे भेट्रान्स झापालाई टाइबे्रकरमा ३–१ गोल अन्तरले हराउदै फिदिम भेट्रान्स फाइनलमा प्रवेश गरेको हो। निर्धारित खेल १–१ को बराबरीमा टुङ्गीएपछि खेलको निर्णय टाइबे्रकरबाट लिएको थियो ।
टाइब्रेकरमा फिदिमका लागि निराजन श्रेष्ठ, सुवास लिम्बु र हर्क लिम्बूले गोल गरेका थिए भने दुधे झापाको लागि सुवास आङथुपोले मात्र गोल गर्न सफल भएका थिए। देवि तुम्बापो र हर्क बहादुर तामाङको प्रहार भने फिदिम भेट्रान्सका गोल रक्षक रोशन श्रेष्ठले रोकेका थिए । सन्तोष नेम्बाङको प्रहार भने बाहिरिएको थियो ।
यस खेलको म्यान अफ दि म्याच फिदिमका गोल रक्षक रोशन श्रेष्ठ बनेका छन्।
त्यस्तै शुक्रबारनै भएको दोस्रो सेमिफाइनल खेलमा बौद्ध भेट्रान्स रानिटारलाई ३–२ गोल अन्तरले पराजित गर्दै रेडस्टार विर्तामोड फाइनलमा प्रवेश गरेको हो।
विर्तामोडका लागि खेमराज पोडेलले २ गोल गरे भने अंकुर कुमार खड्कीले १ गोल गरेका थिए। बौद्धको लागि दिनेश गुरुङले २ गोल गरेका थिए।
यस खेलको म्यान अफ दि म्याच विर्तामोडका बुद्ध चेम्जोङ बनेका छन्।
दुबै खेलको म्यान अफ दि म्याचले दुई दुई हजार रुपैया प्राप्त गरेका छन् ।
माघ ९ गतेदेखी फिदिम भेट्रान्स क्लबको आयोजनामा शुरु भएको प्रतियोगिताको फाइनल खेल माघ १२ गते शनिबार हुनेछ। विजेताले १ लाख ५ हजार ५५५ र उपविजेताले ५५ हजार ५५५ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









