0 प्रतिक्रिया
युक्रेनको रुसमाथि १४४ ड्रोनबाट आक्रमण
AI सारांश
Fast AI१. युक्रेनले रुसमाथि १४४ ड्रोन आक्रमण गरेको छ, जसमा धेरै आवासीय भवनहरूलाई पनि निशाना बनाइएको छ।
२. रुसको राजधानी मस्को वरपर २० वटा ड्रोन खसालिएका छन्, र एक महिलाको मृत्यु भएको छ, साथै दर्जनौं घर ध्वस्त भएका छन्।
३. रुसले पनि अन्य ८ प्रान्तमा १२४ ड्रोन खसालेको छ, र युक्रेनमा ४६ ड्रोनबाट पनि आक्रमण गरेको बताइएको छ।
काठमाडौँ । युक्रेनले रुसमाथि १४४ ड्रोन आक्रमण गरेको छ । आक्रमणमा धेरै आवासीय भवनहरूलाई पनि निशाना बनाइएको मिडिया रिपोर्टमा उल्लेख छ । रुसको राजधानी मस्को वरपर २० वटा ड्रोन खसालेका छन् । यस आक्रमणमा एक महिलाको पनि मृत्यु भएको बताइएको छ ।
आक्रमणमा दर्जनौं घर ध्वस्त भएका छन् । यस आक्रमणका कारण मस्को र वरपरका विमानस्थलबाट ५० भन्दा बढी उडानहरू डाइभर्ट गर्नुपरेको थियो । रुसी अधिकारीका अनुसार मस्कोका ४ मध्ये ३ वटा विमानस्थल ६ घण्टाभन्दा बढी बन्द गर्नुपरेको थियो ।
रुसले पनि अन्य ८ प्रान्तमा १२४ ड्रोन खसालेको छ । यस हमलाको बदला लिँदै रुसले युक्रेनमा ४६ ड्रोनबाट पनि आक्रमण गरेको बताइएको छ । यद्यपि युक्रेनका अनुसार उसले यी मध्ये ३८ वटा ड्रोनलाई खसालेको छ ।
यसअघि ३१ अगस्टमा युक्रेनले रुसमाथि १५० भन्दा बढी ड्रोनबाट हमला गरेको थियो । साढे दुई वर्ष लामो रुस–युक्रेन युद्धमा पहिलो पटक युक्रेनले रुसमाथि यति ठूलो संख्यामा ड्रोन हमला गरेको थियो । त्यसबेला पनि युक्रेनले राजधानी मस्कोलाई निशाना बनाएको थियो ।
मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार शहरमा ११ वटा ड्रोनले आक्रमण गरेको थियो । यी आक्रमणमा एक तेल प्रशोधन केन्द्र र प्राविधिक कोठालाई निशाना बनाइएको थियो । तेल प्रशोधन केन्द्रमा आक्रमणपछि विस्फोट भएको थियो । यसपछि बाक्लो धुवाँ उठेको देखियो ।
रुसी अधिकारीका अनुसार युक्रेनले १५ प्रान्तमा १५८ ड्रोनबाट आक्रमण गरेको थियो । रुसी एयर डिफेन्सले लगभग सबै ड्रोनलाई रोकेर खसालेको थियो ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अब रुसमा थप घुसेर आक्रमण गर्न चाहन्छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार उनीहरूले यसका लागि अमेरिकालाई सहयोगका लागि दबाब पनि दिइरहेका छन् । जेलेन्स्कीले अगस्त ३१ मा एक भिडियो जारी गर्दै युक्रेनले रुसी एयरफिल्ड र सैन्य अड्डाहरूलाई निशाना बनाएमा मात्र यी आक्रमणहरू रोक्न सकिने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories







