+
+

कुम्मायकमा शल्यकृया सहितको आँखा शिविर संचालन हुदै

129 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८२ बैशाख १९, शुक्रबार २१:५२
-- Sponsored --

AI सारांश

Fast AI

यो नेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश यस प्रकार छ:

* यासोक-पाँचथरको कुम्मायक गाउँपालिकास्थित यासोक बजारमा बैशाख २५ गतेदेखि २६ गतेसम्म दुईदिने शल्यकृया सहितको निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ।
* नेपाल नेत्रज्योति संघ ताप्लेजुङ, कुम्मायक गाउँपालिका र मेची आँखा अस्पताल बिर्तामोडका चिकित्सक तथा प्राविधिकहरुको सहयोगमा आँखा शिविर सञ्चालन हुन लागेको छ।
* शिविरमा ४० बर्ष माथि उमेर समुहका नागरिकलाई अनिवार्य रुपमा लगाउनु पर्ने रिडेवल चश्मा समेत निःशुल्क रुपमा उपलब्ध गराउने भएको छ, साथै गाउँपालिकाले पालिकाका सेवाग्राहीलाई निःशुल्क रुपमा औषधि उपलब्ध गराउने भएको छ।

रमेश थापा
यासोक-पाँचथरको कुम्मायक गाउँपालिकास्थित यासोक बजारमा बैशाख २५ गतेदेखि २६ गतेसम्म दुईदिने शल्यकृया सहितको निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ। नेपाल नेत्रज्योति संघ ताप्लेजुङको संयोजन, कुम्मायक गाउँपालिकाको आर्थिक साझेदारी र मेची आँखा अस्पताल बिर्तामोडका चिकित्सक तथा प्राविधिकहरुको उपस्थितिमा आँखा शिविर सञ्चालन हुन लागेको हो।
निःशुल्क आँखा स्वास्थ्य शिविरमा सेवा फाउण्डेसनको सहयोगमा नेपाल नेत्रज्योति संघले चिकित्सक तथा प्राविधिकहरुको व्यवस्थापन गर्ने भएको छ। नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङका अनुसार नेत्रज्योति संघ ताप्लेजुङले शिविरमा ४० बर्ष माथि उमेर समुहका नागरिकलाई अनिवार्य रुपमा लगाउनु पर्ने रिडेवल चश्मा समेत निःशुल्क रुपमा उपलब्ध गराउने भएको छ । कुम्मायक गाउँपालिकाले पालिकाका सेवाग्राहीलाई निःशुल्क रुपमा औषधि उपलब्ध गराउने भएको छ ।
शिविरमा गाउँपालिकाले पाँच वटा वडाबाटै मोतिविन्दु भएका बिरामीको छनौट हुनेछ । जसअनुसार बैशाख १९ गते रानीगुफा सामुदायिक स्वास्थ्य इकाई कुम्मायक १ खाल्डे, २० गते माङजाबुङ स्वास्थ्य चौकी कुम्मायक -२, २१ गते स्याबरुम्बा स्वास्थ्य चौकी कुम्मायक -५ र २२ गते सेपेनी स्वास्थ्य चौकी कुम्मायक -३ सेपेनीमा हुने भएको गाउँपालिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win