+
+

दोस्रो फालेलुङ पर्यटन महोत्सव चैत्र १८ देखी

173 पटक हेरिएको
Clock २०८१ फाल्गुन २१, बुधबार १०:३४
-- Sponsored --

AI सारांश

Fast AI

फालेलुङ पर्यटन महोत्सवको सारांश निम्नलिखित ३ बुँदाहरुमा छ:

१. **महोत्सवको उदेश्य**: फालेलुङ पर्यटन महोत्सवको मुख्य उदेश्य भनेको "बचाऔ प्रकृती, प्रकृति प्यारी आमा हुन" का साथै स्थानीय कृषीजन्य बस्तु, जडिबुटीको प्रचार प्रसार गरी बजारिकरण गर्नका साथै क्रस बोर्डरमा टुरिजमको विकास गरी गाउँपालिकाको राजश्वमा बृद्धि गर्ने हो।

२. **महोत्सवको कार्यक्रम**: जम्मा ६ दिनसम्म सञ्चालन हुने पर्यटन महोत्सवमा फुटबल प्रतियोगिता, महिला मिनी म्यारथन, घोडा दौड, याक चौरी भेडा प्रदशर्नी, डोरी तान्ने खेल, सम्मान कार्यक्रम साथै साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ।

३. **महोत्सवको आकर्षण**: महोत्सव स्थलबाट भारतको सिंहलिला नेश्नल पार्कको मनोरम दृश्यवलोकन गर्न सकिनेछ। साथै नेपाल र भारतका सिमाना कायम भएको १ नं जंगे पिलर रहेको स्थान, सुर्योदय र सुर्यस्त, हेवाखोलाको उद्गम स्थल हिवाकोठी गोर्खेपानी, विभिन्न प्रजातीका लालीगुरासँ र ८ वटा हिमालहरुको अवलोकन साथै बहुमुल्य जडिबुटीहरुको पनि अवलोकन गर्न सकिने आयोजकले जनाएको छ।

पाँचथर। पाँचथरको फालेलुङ गाउँपालिका वडा नं ३ र ४ मा पर्ने थाप्लिटारको सिर्लिङगेमा दोस्रो फालेलुङ पर्यटन महोत्सव चैत्र १८ गतेदेखी २३ गतेसम्म सञ्चालन हुने भएको छ।
फागुन २० गते मंगलबार फिदिममा पत्रकार सम्मेलन गर्दै आयोजकले सो कुराको जानकारी गराएको हो। “बचाऔ प्रकृती, प्रकृति प्यारी आमा हुन” भन्ने मूल नाराका साथ तिन सिमाना जनसेवा समाजको आयोजना र फालेलुङ गाउँपालिकाको प्रबद्धनमा फालेलुङ पर्यटन महोत्सव हुन लागेको आयोजक संस्थाका अध्यक्ष योगेन्द्र सावदेनले बताउनुभयो। उहाँले स्थानीय कृषीजन्य बस्तु,जडिबुटीको प्रचार प्रसार गरी बजारिकरण गर्नका साथै क्रस बोर्डरमा टुरिजमको विकास गरी गाउँपालिकाको राजश्वमा बृद्धि गर्ने उदेश्य रहेको बताउनु भएको छ।
लोपोन्मुख पशुपंछिहरुको संरक्षण, विपत व्यवस्थापन तथा जोखिम न्यूनीकरण गरी जलवायु परिवर्तनमा नियन्त्रण, भाषा, धर्मको संरक्षण लगायत प्राकृतिक वनजंगल सिमसार क्षेत्र नदि खोलाका मुहानहरुको संरक्षण गर्ने पनि यस महोत्सवको मुख्य उदेश्य रहेको सावदेनको भनाई छ।
जम्मा ६ दिनसम्म सञ्चालन हुने पर्यटन महोत्सवमा फुटबल प्रतियोगिता, महिला मिनी म्यारथन, घोडा दौड, याक चौरी भेडा प्रदशर्नी, डोरी तान्ने खेल, सम्मान कार्यक्रम साथै साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको बताइएको छ।
महोत्सव स्थलबाट भारतको सिंहलिला नेश्नल पार्कको मनोरम दृश्यवलोकन गर्न सकिनेछ। साथै नेपाल र भारतका सिमाना कायम भएको १ नं जंगे पिलर रहेको स्थान, सुर्योदय र सुर्यस्त, हेवाखोलाको उद्गम स्थल हिवाकोठी गोर्खेपानी, विभिन्न प्रजातीका लालीगुरासँ र ८ वटा हिमालहरुको अवलोकन साथै बहुमुल्य जडिबुटीहरुको पनि अवलोकन गर्न सकिने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win