+
+

बिष्फोटमा परी पाँचथरका २ बाल बालिकाको मृत्यु

234 पटक हेरिएको
Clock २०८१ भाद्र १४, शुक्रबार १७:४६
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरको फालेलुङ गाउँपालिका-५ डाँडा गाउँमा बिष्फोटमा परी ११ बर्षीय दिप्सन सावा र २ बर्षीया प्रिन्सा सावाको मृत्यु भएको छ।
२. बिष्फोटमा परी घाईते भएका चारै जनालाई तत्काल प्रहरी चौकी प्राङवुङबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारार्थ स्थानिय स्वास्थ्य चौकी प्राङबुङमा लगिएको थियो।
३. घटना स्थलमा खटिएको नेपाली सेनाको टोलीले भाद्र १४ गते ११:२५ बजे संकास्पद बस्तु डिस्पोज गरेको छ, जो Home made socket रहेको पुष्टि भएको छ।

पाँचथर, भदौ १४ गते ।

पाँचथरको फालेलुङ गाउँपालिका-५ डाँडा गाउँ स्थितमा बिष्फोटमा परी १ जना बालक र १ जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ बर्षीया प्रिन्सा सावा र ११ बर्षीय दिप्सन सावा रहेका छन । बिगत १० बर्ष देखि आईतराज केरुङको ढुङ्गा माटोले बनेको घरमा ज्ञान बहादुर राईको स-परिवार बस्दै आईरहेकोमा भाद्र १३ गते अपरान्ह ३ बजे राईको छोरा १३ बर्षीय पवन राई, छिमेकी दिलिप सावाको छोरा ११ बर्षीय दिप्सन सावा, छोरी २ बर्षीया प्रिन्सा सावा र दिपक राईको छोरा ७ बर्षीय दिप्सन राई भेला जम्मा भई आगनमा खेलीरहेको अवस्थामा अचानक के कुन बस्तु बिष्फोट भएको थियो ।

बिष्टफोटबाट घाईते भएका चारै जनालाई तत्काल प्रहरी चौकी प्राङवुङबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारार्थ स्थानिय स्वास्थ्य चौकी प्राङबुङमा लगिएकोमा ७ बर्षीय दिप्सन राईको अवस्था सामान्य भएको र अन्य ३ जना घाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर ल्याईएकोमा दिप्सन सावा र प्रिन्सा सावालाई थप उपचारको लागि लगिएकोमा प्रिन्सा सावाको जिल्ला अस्पताल इलाममा र दिप्सन सावाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त घरको पछाडि बारीको काँल्लामा समेत संकास्पद डल्लो बस्तु फेला परेको हुँदा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी अधिकृत सहितको टोली र रणशेर गण ओदिन ब्यारेक पाँचथरबाट नेपाली सेनाको टोली घटना स्थलमा खटि गई भाद्र १४ गते ११:२५ बजे डिस्पोज गरेको, उक्त संकास्पद बस्तु Home made socket रहेको पुष्टि भएको तथा घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win