0 प्रतिक्रिया
नागीका ८० वर्षमाथिका ३० ज्येष्ठ नागरिक सम्मानित
AI सारांश
Fast AIनेपाली समाचारको सारांश निम्नलिखित ३ वटा बुँदामा प्रस्तुत गरिएको छ:
* टेम्केमैयुङ गाउँपालिका–४ नागीमा समाज निर्माणमा योगदान पुर्याएका ३० ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ।
* सम्मान गरिएका ज्येष्ठ नागरिकमध्ये १०३ वर्षीय इन्द्रबहादुर राई पनि एक हुन्, जसलाई सम्मानपत्र र न्याना कपाडा प्रदान गरिएको थियो।
* कार्यक्रममा भाग लिने सांसद विनोद वान्तवाले ज्येष्ठ नागरिकको स्याहारसुसार, स्वास्थ्योपचार, सुरक्षा तथा अधिकार संरक्षणमा सबै तहका निकायले गम्भीर हुनुपर्ने बताउनुभयो।
भोजपुर, १६ मङ्सिरः समाज निर्माणमा जीवनभर पुर्याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका–४ नागीका ३० ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ।
सोमबार यहाँ आयोजित एक कार्यक्रममा १०३ वर्षीय इन्द्रबहादुर राईसहित ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । त्यस अवसरमा उहाँहरूलाई वडा कार्यालयले सम्मानपत्र र न्याना कपडा पनि प्रदान गरेको थियो।
कार्यक्रममा कोशी प्रदेशका सांसद विनोद वान्तवाले ज्येष्ठ नागरिकको स्याहारसुसार, स्वास्थ्योपचार, सुरक्षा तथा अधिकार संरक्षणमा सबै तहका निकायले गम्भीर हुनुपर्ने बताउनुभयो।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतले ज्येष्ठ नागरिक राष्ट्रका गौरव भएकाले भावी पुस्तालाई संस्कार सिकाउन पनि कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो।
वडाध्यक्ष हर्कराज राईले ज्येष्ठ नागरिकको सम्मान गर्नु वडाका साथै वडावासीको कर्तव्य हो भन्नुभयो।
सम्मानितहरूका तर्फबाट मन्तव्य व्यक्त गर्दै लुङ्गिनका बोमप्रसाद राईले आफूहरूको श्रमको सम्मान गरेकामा वडाप्रति कृतज्ञता ज्ञापन गर्नुभयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









