0 प्रतिक्रिया
प्रशासकीय पूर्वाधारलाई पूर्णता दिने हिलिहाङको नीति
AI सारांश
Fast AI१. हिलिहाङ गाउँपालिकाले आफ्नै प्रशासकीय पूर्वाधार निर्माण कार्यलाई पूर्णता दिने नीतिलाई प्राथमिकतामा राखेको छ।
२. गाउँपालिकाले प्रशासकीय भवन निर्माण कार्यलाई पूर्णता दिइ सेवा प्रवाहलाई सहज बनाउने लक्ष्य राखिएको छ।
३. गाउँपालिकाले वडा कार्यालय निर्माण कार्य आगामी वर्षभित्रै सम्पन्न गर्ने नीति लिइएको छ।
रवीन्द्र काफ्ले (रासस)
पाँचथर, १० असारः
पाँचथरको हिलिहाङ गाउँपालिकाले आफ्नै प्रशासकीय पूर्वाधार निर्माण कार्यलाई पूर्णता दिने नीतिलाई प्राथमिकतामा राखेको छ । गाउँपालिका गठन भएको एक दशक पूरा हुन लाग्दा समेत प्रशासकीय पूर्वाधार निर्माण भइनसकेका कारण आगामी आर्थिक वर्षमा त्यस्ता पूर्वाधारलाई पूर्णता दिने गाउँपालिकाले नीति लिएको हो।
मंगलबारदेखि सुरु भएको गाउँपालिकाको २०औं सभामा अध्यक्ष समरबहादुर अधिकारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्यलाई पूर्णता दिइ सेवा प्रवाहलाई सहज बनाउने उल्लेख छ। यसैगरी आफ्नै भवन नभएका वडाहरुमा वडा कार्यालय निर्माण कार्य आगामी वर्षभित्रै सम्पन्न गर्ने नीति लिइएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो।
हिलिहाङ गाउँपालिकाले वडा नं. ४ स्थित साविक पञ्चमी गाविसको कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ। यसै वर्ष निर्माणाधीन प्रशासकीय भवनको कार्य सम्पन्न गर्ने लक्ष्यका साथ नीति तथा बजेटको प्रवन्ध गर्न लागिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो। गाउँपालिकाका वडा नं. १, ५ र ७ मा आफ्नै वडा कार्यालय भवन निर्माण सम्पन्न भएका छन भने वडा नं. २ र ३ मा निर्माण कार्य चलिरहेको छ। निर्माण कार्य सुरुआत नै हुन नसकेको वडा नं. ६ तथा निर्माणाधीन भवनहरुको पूर्णता दिइ सेवा प्रवाहलाई सहज बनाउने लक्ष्य राखिएको उहाँले वताउनुभयो। वडा नं. ४ ले भने गाउँपालिकाको कार्यालय सरेपछि साविक गाविस कार्यालयबाट सेवा प्रवाह गर्ने तयारी हिलिहाङले गरेको छ।
यसैगरी गाउँपालिकाको गौरवको योजनाका रुपमा रहेको सल्लेरी–सुभाङ–अमरपुर मोटरबाटो कालोपत्रेलाई निरन्तरता दिन पहल गर्ने, गोपेटारमा नवनिर्मित आधारभूत अस्पताललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने तथा अन्य स्वास्थ्य संस्थामा पूर्वाधार थप गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै निर्माणाधीन श्रीचम्पा चिस्यान केन्द्रको निर्माण कार्य सम्पन्न गरी कृषि उपजको मूल्य श्रृङ्खला वृद्धिमा मद्दत गर्ने, विद्यालयहरुमा थप पूर्वाधारयुक्त भवनहरु निर्माणमा लागि ह्युमन प्राक्टिस फाउण्डेसनलगायत सहयोगी संस्थाहरुसँगको साझेदारीलाई निरन्तरता दिने नीति पनि हिलिहाङ गाउँपालिकाले लिएको छ।
मंगलबार सुरुआत भएको गाउँ सभाको २०औं अधिवेशनमा सभाका सदस्यहरु वीरेन्द्र मंग्राती, भीमप्रसाद हेम्ब्या र गणेशप्रसाद योङहाङले आफ्ना सुझाव राख्दै बजेटले सबै वर्ग र क्षेत्रका गाउँपालिकावासीलाई समेट्नु पर्ने, विपद प्रभावित नागरिकलाई राहत तथा पुनस्र्थापनामा सहयोग गर्नुपर्ने लगायत सुझाव दिएका थिए । गाउँसभामा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने गाउँपालिका उपाध्यक्ष सुमित्रा उप्रेती सेढाईंले जानकारी दिनुभयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









