0 प्रतिक्रिया
विद्यालयको वार्षिक उत्सवमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
AI सारांश
Fast AI१. सिद्धकाली माध्यमिक विद्यालयको ६९ औँ वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ।
२. मिना केरुङ र नरेन्द्रराज केरुङको पहलमा २० जोर न्यानो कपडा (ट्रेकसुट) वितरण गरिएको हो।
३. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम केरुङले प्रमुख अथिति मिना केरुङलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नु भएको थियो।
इवारा जवेगु लिम्बु
पाँचथर। फालेलुङ –२ जोरपाटीस्थित सिद्धकाली माध्यमिक विद्यालयको ६९ औँ वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ।
मंसिर ३० गते एक कार्यक्रम आयोजना गरि उक्त विद्यालयका विद्यार्थीहरुलाई मिना केरुङ र नरेन्द्रराज केरुङको पहलमा २० जोर न्यानो कपडा (ट्रेकसुट) वितरण गरिएको हो। साथै ब्याडमिन्टन प्रतियोगिताका लागि पनि ट्रफि उपलब्ध गराइएको नरेन्द्रराज केरुङले जानकारी दिनुभयो।
हाल विदेशमा वस्दै आउनुभएकी मिना केरुङले यस अघि पनि विद्यालयको भवन निर्माणको लागि ३२ हजार र फर्निचरको लागि ५० हजार आर्थिक सहयोग गर्नुभएको थियो। आफू यहि विद्यालयमा अध्ययन गरेको र आफ्नो पिताको यस विद्यायलमा ठुलो योगदान रहेको कारण आउदा दिनमा पनि सहयोग जारी राख्ने केरुङले बताउनुभायो।कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम केरुङले प्रमुख अथिति मिना केरुङलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नु भएको थियो।
कार्यक्रममा फालेलुङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुमन योङया, पूर्व अधिकृत डम्बरबहादुर आङ्देम्बे, लगायतको उपस्थिती रहेको थियो।
विद्यालयको वार्षिकोत्सवको अवसरमा तीन दिनसम्म विविध कार्यक्रमको आयोजना गरिएको अध्यक्ष केरुङले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









