पाँचथर । अन्तराष्ट्रिय आमन्त्रण फिदिम भेट्रान्स गोल्डकप आज बुधबारदेखी सुरु हुदैछ ।
फिदिम मा.वि को खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक फिदिम भेट्रान्स क्लवले विदेशी टोलि युनाइटेड फ्रेन्सड् क्लब बुङकुलुङ, दार्जिलिङको सामना गर्नेछ । खेल दिनको १ बजेदेखी सुरु हुने छ।
त्यस्तै आज हुने दोस्रो क्वाटरफाइनल खेलमा बौद्ध भेट्रान्स क्लब, पाँचथर र आठराई गाउँपालिका तेहृथुमबिच प्रतिस्पर्धा हुनेछ। सो खेल दिनको ३ बजेदेखी हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको तेस्रो तथा अन्तिम क्वाटरफाइनल खेल विहिबार हुनेछ। विहिबार हुने तेस्रो क्वाटरफाइनल खेलमा दुधे भेट्रान्स झापा र स्काई क्लब धरानबिच प्रतिस्पर्धा हुँदा सोहि दिन ३ बजे हुने चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा रेडस्टार क्लब झापा र गोरखा भेट्रान्स इलामबिच प्रतिस्पर्धा हुने आयोजक फिदिम भेट्रान्स क्लबका अध्यक्ष रोसन श्रेष्ठले बताए।
प्रतियोगिताको सेमिफाइनल खेल शुक्रबार र फाइनल खेल शनिबार हुनेछ। प्रतियोगिताको विजेताले १ लाख ५ हजार ५ सय ५५ र उपविजेताले ५० हजार ५ सय ५५ रुपैँया सहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।