+
+

पाँचथरका बुद्धिचाल खेलाडी सम्मानित

134 पटक हेरिएको
Clock २०८१ कार्तिक २६, सोमबार १३:२३
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथर जिल्लामा बुद्धिचालको क्षेत्रबाट उत्कृष्ट प्रदर्शन गरेका सात खेलाडीलाई फिदिममा विशेष सम्मान गरिएको छ।
२. पाँचथरका खेलाडीहरूले तेह्रथुम जिल्लाको आठराइ गाउँपालिकामा सम्पन्न सातौं खुल्ला रेटिङ दीपावली बुद्धिचाल प्रतियोगितामा एकै पटक सातवटा पुरस्कार जितेका थिए।
३. प्रतियोगितामा देशभरका ७० भन्दा बढी खेलाडीहरूको सहभागिता थियो र पाँचथरका विभिन्न खेलाडीहरूले विभिन्न स्थानहरूमा रहेर पुरस्कार प्राप्त गरेका थिए।

२०८१ कार्तिक २६, सोमबार

पाँचथर- पाँचथर जिल्लामा बुद्धिचालको क्षेत्रबाट उत्कृष्ट प्रदर्शन गरेका सात खेलाडीलाई फिदिममा विशेष सम्मान गरिएको छ ।

हालै तेह्रथुम जिल्लाको आठराइ गाउँपालिकामा सम्पन्न सातौं खुल्ला रेटिङ दीपावली बुद्धिचाल प्रतियोगितामा सहभागी भई पाँचथरका खेलाडीहरूले एकै पटक सातवटा पुरस्कार जितेका थिए।

पाँचथर बुद्धिचाल संघले प्रतियोगितामा उल्लेखनीय सफलता प्राप्त गर्ने खेलाडीहरूलाई सम्मान गरेको हो। फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्ले र जिल्ला खेलकुद समिति अध्यक्ष सन्तोष मोक्तानले खेलाडीहरूलाई प्रशंसा पत्र वितरण गरेका थिए ।

प्रतियोगितामा देशभरका ७० भन्दा बढी खेलाडीहरूको सहभागिता थियो। पाँचथरका खगेन्द्र कुमार आङदेम्बे तेस्रो स्थानमा, गगन लावती पाँचौं, जयबिक्रम चेम्जोङ सातौं, जय प्रकाश नेम्बाङ आठौं र महेन्द्र कुमार सम्बाहाम्फे दसौं स्थानमा रहेका थिए। त्यसैगरी गोविन्द्र फूयाल ले अनरेटेड श्रेणीमा पहिलो र सूर्य लावतीले दोस्रो स्थान हासिल गरेका थिए।

पाँचथर जिल्ला बुद्धिचाल संघका अध्यक्ष विजयबोध लावतीका अनुसार यो उपलब्धिले जिल्लाको बुद्धिचाल खेलमा नयाँ प्रेरणा मिलेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win