+
+

लब्रेकुटी फाल्गुनन्द जन्यजयन्तीको अवसरमा पर्यटन महोत्सव साथै हाप म्याराथन प्रतियोगिता हुदै

89 पटक हेरिएको
Clock २०८२ कार्तिक २४, सोमबार ०८:५९
-- Sponsored --

AI सारांश

Fast AI

१. कात्तिक २५ गते मंगलबार फिदिम नगरपालिका–५ लव्रेकुटीमा महागुरु फाल्गुनन्दको १४१ औँ जन्मजयन्ती समारोहमा पर्यटन महोत्सव साथै हाफ म्याराथन प्रतियोगिता हुने भएको छ।
२. प्रतियोगितामा पूरुषतर्फको प्रथम, द्वितीय र त्रितीय हुनेले त्रमशेष नगद रु.३० हजार एक सय ४१, नगद रु.२० हजार एक सय ४१ र नगद रु.१० हजार एक सय ४१ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्।
३. बालबालिका दौड प्रतियोगितातर्फका प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः पाँच हजार एक सय ४१, तिन हजार एक सय ४१ र दुई हजार एक सय ४१ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

इवारा जवेगु लिम्बू

पाँचथर । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १४१ औँ जन्मजयन्तीको अवसरमा कात्तिक २५ गते मंगलबार फिदिम नगरपालिका–५ लव्रेकुटीमा जन्मजयन्ती समारोहमा पर्यटन महोत्सव साथै हाफ म्याराथन प्रतियोगिता हुने भएको छ।

किरात साङ्सेन वरक चोत्लुङ माङ्हिम लब्रेकुटी, किरात धर्म तथा साहित्य उत्थान संघ पान्थर र जिल्ला एथलेक्टिस संघ पाँचथरको आयोजनामा लब्रेकुटीमा पूजाआजा सँगै जन्मजयन्ती समारोह हुने भएको हो। लब्रेकुटी महागुरु फाल्गुनन्दको पावन कर्मभूमी हो। लब्रेकुटीमा वर्षेनी फाल्गुनन्द जन्मजयन्ती मनाउने गरिएको छ। यसै क्रममा यस वर्ष पनि पूजाआजा साथै अन्य विविध कार्यक्रम सहित जन्मजयन्ती मनाउन लागिएको किरात साङसेन वरक चोत्लुङ माङहिम लब्रेकुटीका सचिव सुबास तुम्बापोले बताउनुभएको छ।

कार्यक्रममा महागुरु फाल्गुनन्दसँग सम्बन्धीत विभिन्न दुर्लभ वस्तुहरुको दर्शन, पुस्तक विमोचन तथा शुभकामना आदान–प्रदान र दीप प्रज्ज्वलन गरिने छ । यसका साथै फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाको प्रर्बधन र फाल्गुनन्द पदमार्गमा आधारीत पर्यटन विकास परियोजना (टिटिडीपी) को मुख्य प्रायोजनमा पर्यटन महोत्सवपनि हुने आयोजक संस्थाका धु्रव तुम्बापोले बताउनुभयो ।

त्यस्तै १४१ औँ महागुरु फाल्गुनन्द जन्मजयन्तीको अवसरमा खुल्ला पूरुष तथा महिला हाफ म्याराथन (बालबालिका/भेट्रान्स) सहित प्रतियोगिता पनि हुने भएको छ। प्रतियोगिता कार्तिक २५ गते बिहान ८ बजे सुरु हुनेछ । पूरुषतर्फ २१ किलोमिटर र महिलातर्फ ६ किलोमिटर म्याराथन हुने एथलेटिक्स संघ पाँचथरका अध्यक्ष पुर्णहाङ तुम्बापो (रेन्जो) ले बताउनुभयो । प्रतियोगितामा बालबालिका दौडतर्फ ६ कि.मि र भेट्रान्सतर्फ ६ किलोमिटर हुने छ ।

प्रतियोगितामा पूरुषतर्फको प्रथम, द्वितीय र त्रितीय हुनेले त्रमशः नगद रु.३० हजार एक सय ४१, नगद रु.२० हजार एक सय ४१ र नगद रु.१० हजार एक सय ४१ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। त्यस्तै महिलातर्फको प्रथम हुनेले नगद रु.१० हजार एक सय ४१, द्वितीयले नगद रु.सात हजार एक सय ४१ र त्रितीयले नगद रु.पाच हजार एक सय ४१ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगितामा टप टेनसम्म पुग्ने धावक धाविकालाई पनि पुरस्कृत गरिने र सहभागि सबैलाई प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै बालवालिका तर्फ १६ बर्ष मुनिकोलाई लिइनेछ । बालबालिका दौड प्रतियोगितातर्फका प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः पाँच हजार एक सय ४१, तिन हजार एक सय ४१ र दुई हजार एक सय ४१ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । चौथो र पाचौ स्थान प्राप्त गर्नेलाई नगद एक हजार १ सय ४१ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

भेट्रान्सतर्फ दौड प्रतियोगिताका प्रथमले रु १० हजार एक सय ४१ दास्रो हुनेले ६ हजार एक सय ४१ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। चौथोले चार हजार एक सय ४१, र पाचौ स्थान हासिल गर्ने धावकले दुई हजार १ सय ४१ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै सहभागीलाई पनि उचित पुरस्कारको व्यवस्था रहेको तुम्बापोले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win