Comments Add Comment

नेकपा एमालेले बोलायो केन्द्रिय कमिटी बैठक, पुस २१–२२ मा बस्ने

काठमाडौं, १० पुस । नेकपा एमालेले केन्द्रिय समितिको बैठक बोलाएको छ ।

आज बसेको पार्टी सचिवालय बैठकले केन्द्रिय समितिको बैठक पुस २१ र २२ गतेका लागि बोलाएको हो ।

बुधबार बसेको एमाले सचिवालय बैठकले चारवटा एजेण्डा तय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार राजनीतिक प्रतिवेदन, संगठनात्मक कामको जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकले गरेका निर्णय अनुमोदनलगायतका बिषय केन्द्रीय कमिटीमा छलफलका लागि  एजेण्डा तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै