+
+

फिदिममा महिलाका लागि पाठेघर र स्तन क्यान्सरको ‘स्क्रिनिङ’ शिविर

121 पटक हेरिएको
Clock २०८२ जेष्ठ ९, शुक्रबार १९:२३
-- Sponsored --

AI सारांश

Fast AI

फिदिममा महिलाहरुका लागि पाठेघर र स्तन क्यान्सरको स्क्रिनिङ शिविर सुरु भएको छ। भक्तपुर क्यान्सर अस्पताल र फिदिम नगरपालिकाको आयोजनामा संचालित शिविरमा करीव दुई हजार जना सेवाग्राहीलाई सेवा दिने लक्ष्य राखिएको छ। शिविरबाट क्यान्सरको सम्भावित लक्षण पत्ता लाग्न मद्दत मिल्नुका साथै क्यान्सर लाग्नबाट रोकथामका लागि सचेतना पुग्ने विश्वास लिइएको छ।

तपाईंले तिन बुँदामा छोटो सारांश लेख्नु भनेको छ। त्यसको लागि तपाईंको समाचारलाई तिन बुँदामा विभाजन गर्न सक्नुहुन्छ:

१. **फिदिममा महिलाहरुका लागि पाठेघर र स्तन क्यान्सरको स्क्रिनिङ शिविर सुरु**: फिदिममा महिलाहरुका लागि पाठेघर र स्तन क्यान्सरको स्क्रिनिङ शिविर सुरु भएको छ।

२. **करीव दुई हजार जना सेवाग्राहीलाई सेवा दिने लक्ष्य**: भक्तपुर क्यान्सर अस्पताल र फिदिम नगरपालिकाको आयोजनामा संचालित शिविरमा करीव दुई हजार जना सेवाग्राहीलाई सेवा दिने लक्ष्य राखिएको छ।

३. **क्यान्सरको सम्भावित लक्षण पत्ता लाग्न मद्दत मिल्नुका साथै क्यान्सर लाग्नबाट रोकथामका लागि सचेतना**: शिविरबाट क्यान्सरको सम्भावित लक्षण पत्ता लाग्न मद्दत मिल्नुका साथै क्यान्सर लाग्नबाट रोकथामका लागि सचेतना पुग्ने विश्वास लिइएको छ।

पाँचथर, ९ जेठः

भक्तपुर क्यान्सर अस्पताल र फिदिम नगरपालिकाको आयोजनामा फिदिममा महिलाहरुका लागि पाठेघर र स्तन क्यान्सरको स्क्रिनिङ शिविर सुरु भएको छ।

फिदिम नगरपालिकाले ब्यवस्थापन गरेको शिविर जिल्ला अस्पताल पाँचथरमा आजदेखि सुरु भएको हो। शिविरको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्वल चालिसेले आज उदघाटन गर्नुभयो।

महिलाहरुको पाठेघर तथा स्तनमा हुन सक्ने क्यान्सर पत्ता लगाउन आयोजित शिविरमा करीव दुई हजार जना सेवाग्राहीलाई सेवा दिने लक्ष्य राखिएको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो। गत वर्ष सञ्चालित स्क्रिनिङ शिविरमा ९८४ जना महिलाहरुको पाठेघरको क्यान्सरको स्क्रिनिङ गरिएको थियो। जसमा ३६ जनामा क्यान्सरको सम्भावित लक्षण फेला परेपछि यस वर्ष पनि शिविर आयोजना गरिएको नगर प्रमुख काफ्लेले वताउनुभयो।

भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्वल चालिसेले शिविरबाट क्यान्सरको सम्भावित लक्षण पत्ता लाग्न मद्दत मिल्नुका साथै क्यान्सर लाग्नबाट रोकथामका लागि सचेतना पुग्ने विश्वास लिइएको वताउनुभयो। “पछिल्ला दिनमा स्तनको क्यान्सर लाग्ने विरामीको संख्या बढ्दै गएको छ”, डा. चालिसेले भन्नुभयो, “नियमित चेकजाँच गरे क्यान्सर लाग्नबाट बच्न सकिने कुरा आम समुदायमा पुर्याउन यस्ता शिविर फलदायी हुने अपेक्षा गरेका छौं।”

शिविरमा सेवा दिन भक्तपुर क्यान्सर अस्पतालबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली जिल्ला अस्पताल आएको छ। उक्त सेवा लिन विहानैदेखि सेवाग्राहीहरुको लाइन लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win