+
+

बढीपछि राहत र उद्धारमा चासो नदिएको भन्दै उत्तर कोरियामा ३० अधिकारीलाई मृत्युदण्ड

116 पटक हेरिएको
Clock २०८१ भाद्र १९, बुधबार १७:१४
-- Sponsored --

AI सारांश

Fast AI

१. उत्तर कोरियामा हालैको विनाशकारी बाढीले ठुलो नोक्सान गरेको छ, जसका कारण चार हजारभन्दा बढी मानिसले ज्यान गुमाएको छ।
२. उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले बाढी प्रभावित क्षेत्रको भ्रमण गरेर ३० भन्दा बढी अधिकारीलाई मृत्युदण्ड दिएका छन्, जसमा भ्रष्टाचार मुद्दा पनि दर्ता भएको छ।
३. बाढीले चाङ्गाङ प्रान्तका केही भागहरूलाई ध्वस्त पारेको छ, र किम जोङ उनले प्रकोप रोक्नको लागि आफ्नो जिम्मेवारी पूरा गर्न नसकेकालाई कडा कारबाही गर्न अधिकारीहरूलाई आग्रह गरेका थिए।

काठमाडौँ । उत्तर कोरियामा हालैको विनाशकारी बाढीले ठुलो नोक्सान गरेको छ।

मिडिया रिपोर्टका अनुसार यो बाढीपछिको राहत तथा उद्धार कार्यमा असफल भएको भन्दै सर्वोच्च नेता किम जोङ उनले ३० भन्दा बढी अधिकारीलाई मृत्युदण्ड दिएका छन् । दक्षिण कोरियाका मिडियाका अनुसार ति व्यक्तिहरुविरुद्ध भ्रष्टाचार मुद्दा पनि दर्ता भएको छ।

बाढीका कारण चार हजारभन्दा बढीले ज्यान गुमाएको उल्लेख छ । मिडिया रिपोर्टहरूका अनुसार विनाशकारी बाढीले चाङ्गाङ प्रान्तका केही भागहरूलाई ध्वस्त पारेको छ। जसमा ४ हजारभन्दा बढी उत्तर कोरियाली नागरिकको मृत्यु भएको थियो।

तानाशाह किमले बाढी प्रभावित क्षेत्रको भ्रमण गरेका थिए । यसै क्रममा बाढीको चरमता देखेर उनी रिसाएका थिए । उनले स्थितिलाई बेवास्ता गरेको भन्दै ३० अधिकारीहरूलाई तुरुन्तै मृत्युदण्ड दिए। 

रिपोर्टका अनुसार सबैलाई एकै समयमा झुण्ड्याइएको थियो । दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार गत महिनाको अन्त्यमा बाढी प्रभावित क्षेत्रमा २०-३० जना प्रमुख पार्टीका व्यक्तिहरूलाई एकै समयमा झुण्ड्याइएको थियो । यस बाहेक चाङ्गाङ प्रान्तका बर्खास्त पार्टी सेक्रेटरी काङ बोङ–हुनलाई पनि यही अवस्थाका लागि पक्राउ गरिएको थियो । साथै, किम जोङ उनले प्रकोप रोक्नको लागि आफ्नो जिम्मेवारी पूरा गर्न नसकेकालाई कडा कारबाही गर्न अधिकारीहरूलाई आग्रह गरेका थिए।

उत्तर कोरियाको सेन्ट्रल न्यूज एजेन्सीले यसअघि जुलाईमा चागाङ प्रान्तमा आएको विनाशकारी बाढीपछि किम जोङ उनले अधिकारीहरूलाई कडा सजाय दिने आदेश दिएको जानकारी दिएको थियो। 

उत्तर कोरियामा फाँसी दिइएका अफिसरहरूको पहिचान भने खुलाइएको छैन । यद्यपि, रिपोर्टमा भनिएको छ कि बाढी प्रकोपको समयमा आपतकालीन बैठकमा बर्खास्त गरिएका नेताहरूमा २०१९ देखि चाङ्गाङ प्रान्तको प्रान्तीय पार्टी कमिटीका सचिव काङ बोङ-हुन पनि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win