- Home
- Showing Post From:-खेलकुद
खेलकुद
मिक्वाखोला । ताप्लेजुङको मिक्वाखोला ४ सॉवा तेम्बामा समपन्न फङफङदेन झरना पर्यटन तथा सॉस्कृतिक मेला २०८२ आमन्त्रित पुरूष फुटबल प्रतियोगिताको उपाधि गणेश चोक टिम पॅाचथरले हात पारेको छ।
बिहीबार सम्पन्न फाइनलमा हिमाली तोक्पेगोला पापुङ ताप्लेजुङगाई शुन्यका विरूद्ध एक गोलले पराजित गर्दै गणेशचोक टिम पॅाचथरले उपाधि जितेको हो।
पॅाचथरको जितका लागि निरोज लिङदेनले गरेको गोल नै निर्णायक गोल बन्यो । खेलको म्यान अफ दि म्याच पॅाचथरका निरोज लिङदेन घोषित हॅुदै तीन हजार बराबरको एक केजी अलैची प्राप्त गरे।
उपाधिसंगै पॅाचथरले ३ लाख २ हजार ८२ रूपैया बराबरको अलैचीका साथ ट्रफि प्राप्त गर्यो भने उपविजेता बनेको हिमाली …
युद्धबहादुर बोहोरा
पाँचथर – दोस्रो याम्बातपुङ गोल्ड कप २०८२ को पुरुषतर्फको उपाधि इलामको चौबन्दी एफसी एकतप्पाले हात पारेको छ। फाल्गुनन्द–५, फाक्तेपस्थित याम्बातपुङ खेलमैदानमा आइतबार सम्पन्न फाइनलमा चौबन्दीले डिएफसी देउमाई इलामलाई ५–३ को अन्तरको पराजित गर्दै उपाधि चुमेको हो।
खेलको सुरुदेखिनै आक्रामक रणनीतिमा उत्रिएको चौबन्दीले निरन्तर दबाब सिर्जना गर्यो। देउमाईले अवसर पाएपनि अन्तिम क्षणसम्म चौबन्दीको आक्रमण रोक्न नसक्दा उपाधिबाट वञ्चित रह्यो। उत्कृष्ट प्रदर्शन गर्ने चौबन्दीका गोलकिपर ‘म्यान अफ द म्याच’ घोषित भए। विजेता चौबन्दी एफसीले ७५ हजार १५० रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता देउमाईले ५० हजार रुपैयाँ, ट्रफि, मेडल …
इवारा जवेगु लिम्बू
पाँचथर । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १४१ औँ जन्मजयन्तीको अवसरमा कात्तिक २५ गते मंगलबार फिदिम नगरपालिका–५ लव्रेकुटीमा जन्मजयन्ती समारोहमा पर्यटन महोत्सव साथै हाफ म्याराथन प्रतियोगिता हुने भएको छ।
किरात साङ्सेन वरक चोत्लुङ माङ्हिम लब्रेकुटी, किरात धर्म तथा साहित्य उत्थान संघ पान्थर र जिल्ला एथलेक्टिस संघ पाँचथरको आयोजनामा लब्रेकुटीमा पूजाआजा सँगै जन्मजयन्ती समारोह हुने भएको हो। लब्रेकुटी महागुरु फाल्गुनन्दको पावन कर्मभूमी हो। लब्रेकुटीमा वर्षेनी फाल्गुनन्द जन्मजयन्ती मनाउने गरिएको छ। यसै क्रममा यस वर्ष पनि पूजाआजा साथै अन्य विविध कार्यक्रम सहित जन्मजयन्ती मनाउन लागिएको किरात साङसेन वरक चोत्लुङ माङहिम लब्रेकुटीका सचिव …
दिपक दुलाल
ऐतिहासिक बराहक्षेत्र कात्र्तिके पूर्णिमा मेलाको अवसरमा पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.२, इम्बूङमा सम्पन्न खुल्ला पुरुष फुट्बल प्रतियोगिताको उपाधि आयोजक टु स्टार ग्रामिण सिर्जनशील क्लवले हात पारेको छ।
शनिवार सम्पन्न पुरुष तर्फको फाइनल खेलमा तिजोक यूवा क्लव नवमीडाँडालाई टाइब्रेकरमा ३ का विरुद्ध ४ गोलले पराजित गर्दै आयोजकले उपाधि जितेको हो। निर्धारित समय र अतिरिक्त समयमा समेत दुवै टिमबाट गोल हुन नसकेपछि टाइब्रेकरबाट खेलको नतिजा निकालिएको थियो।
प्रतियोगितामा विजेता बनेको आयोजक टु स्टार ग्रामिण सिर्जनशील क्लवले नगद एक लाख पन्ध्र हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको तिजोक यूवा क्लव …
मनोज थापा
यासोक । फिदिममा सम्पन्न आठौं तरुण गोल्डकप फुटबल प्रतियोगिताका विजेता खेलाडी तथा अफिसियल टिमलाई कुम्मायक गाउँपालिकाले सम्मान गरेको छ। गाउँपालिकाले एक विशेष कार्यक्रमका बीच विजेता टोलीका सदस्यहरूलाई सम्मानपत्रसहित सम्मान गरेको हो।
गत बिहीबार फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा भएको फाइनल खेलमा कुम्मायक गाउँपालिकाले हिलिहाङ गाउँपालिकालाई १–० गोलले पराजित गर्दै उपाधि हात पारेको थियो। निर्णायक गोल कुम्मायकका सुदिप लावतीले गरेका थिए।
कुम्मायकले क्वार्टरफाइनलमा फालेलुङ गाउँपालिकालाई र सेमिफाइनलमा फाल्गुनन्द गाउँपालिकालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो। विजेता बनेको कुम्मायकले एक लाख एक सय त्रियाहत्तर रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। …
पाँचथर । पाँचथर जिल्लाका आठवटै स्थानीय तहको सहभागितामा आयोजित ८ औं तरुण गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को उपाधि कुम्मायक गाउँपालिका ले हात पारेको छ। फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा गत कार्तिक १० गते उद्घाटन भएको प्रतियोगिताको फाइनल खेलमा कुम्मायकले हिलिहाङ गाउँपालिका लाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो।
यसअघि सेमिफाइनलमा कुम्मायकले फाल्गुनन्द गाउँपालिकालाई २–० ले पराजित गरेको थियो भने हिलिहाङले फिदिम नगरपालिकामाथि ३–१ को जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो। फाइनल खेलमा दुबै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि निर्णायक क्षणमा कुम्मायकका सुदिप लावतीले गोल गरेपछी कुम्मायकले जित सुनिश्चित गरेको थियो।
विजेता …
पाँचथर । पाँचथरको फिदिममा जारि ८ औँ संस्करणको तरुण गोल्डकप फूटबल प्रतियोगिताको फाइनलमा उपाधिका लागि आज कुम्मायक गाउँपालिका र हिलिहाङ गाउँपालिका भिड्दै छन्।
बुधबार भएको पहिलो सेमिफाइनलमा फाल्गुनन्द गाउँपालिकालाई २–० ले पराजित गर्दै कुम्मायक फाइनलमा पुगेको हो । त्यस्तै बुधबार नै भएको दोस्रो सेमिफाइलनमा फिदिम नगरपालिकालाई ३–१ ले पराजित गर्दै हिलिहाङ पनि फाइनलमा प्रवेस गरेको हो । आज फिदिमस्थित फिदिम मा.विको खेलमैदानमा फाइनल खेल दिनको १ बजेदेखी शुरु हुने आयोजक तरुणदल पाँचथरका अध्यक्ष सुमन लामाले जानकारी दिनुभयो।
गोल्डकपको विजेताले उपाधिसहित नगद १ लाख १ सय ७३ रुपैया पाउने छ। उपविजेताले ५१ …
म्याङलुङ (तेह्रथुम)
तेह्रथुमको म्याङलुङमा जारी नेत्र गुरागाइ स्मृति गोल्डकप–२०८२ अन्तर्गत आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा कुम्मायक स्पोर्टिङ क्लव, कुम्मायक पाँचथरले इटहरी फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
निर्धारित समयमा गोलरहित बराबरीमा टुंगिएको खेल पेनाल्टीमा पुगेपछि कुम्मायकका गोलकिपर असिम राई नायक बने। उनले दुई प्रहार रोकेपछि कुम्मायक ४–२ को जितसँगै उपाधि नजिक पुगेको हो।
पेनाल्टीमा कुम्मायकतर्फ निरज लिङ्देन, मिराक लिम्बु, दिपेश लिम्बु र बेगम गुरुङले प्रहार सफल बनाउँदा, इटहरीतर्फ प्रवेश बस्नेत र सञ्जय धिमाल मात्र गोल गर्न सके। विषाल तामाङ र अनिस परियारको प्रहार असफल भएपछि इटहरी पराजित भएको थियो।
अब …
पाँचथर । ताप्लेजुङको फुङलिङमा जारि तस्रो संस्करणको ताप्लेजुङ गोल्डकप फूटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा द योङ ब्रदर्श इटहरी, सुनसरी र चर्च ब्वोइज क्लब ललितपुर भिड्दै छ।
द योङ ब्रदर्श क्लब इटहरी, सुनसरीले क्वाटरफाइनलमा आयोजक टिम तेल्लोक स्पोर्टिङ क्लब तात्लेजुङलार्ई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो। त्यस्तै चर्च व्योइजले क्वाटरफाइनलमा लिजेण्ड फुटबल एकेडेमी सिलीगुडी, भारतलाई हराउदै सेमिफाइनलको यात्रा बनाएको हो। फुङलिङस्थित भानुजन मा.विको खेलमैदानमा सञ्चालन भइरहेको खेल दिनको २ : ३० बजेदेखी शुरु हुने आयोजकले जनाएको छ।
साउन २४ गतेदेखी गोल्डकप शुरु भएको हो। प्रतियोगिताको सवोत्कृष्ट खेलाडीले एक थान बाइक तथा विद्यागत उत्कृष्ट खेलाडीले समेत …









