+
+

पाँचथरमा थपिए दुई हजार ६ सय ९० नयाँ मतदाता

74 पटक हेरिएको
Clock २०८२ मंसिर १०, बुधबार १५:४७
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरमा आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि पछिल्लो समयमा दुई हजार ६ सय ९० नयाँ मतदाता थपिएका छन्।
२. कात्तिक २८ गतेदेखी राष्ट्रिय परिचयपत्र मार्फत लिङ्क गरेर दर्ता प्रकृया शुरु गरेपछि छोटो समयमै मतदाता संख्या बढेको हो।
३. असोज १० देखी यता कुल ४ हजार ३८९ मतदाताले नाम दर्ता गराएको छ, जसमा ९२४ पुरुष र ७७५ महिला छन्।

पाँचथर । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि पछिल्लो समय पाँचथरमा दुई हजार ६ सय ९० नयाँ मतदाता थपीएका छन् ।
पछिल्लो पटक तोकिएको मतदाता नामावली दर्ता गर्ने अन्तिम दिन मंसिर ५ गते सम्म यतिका संख्यामा नयाँ मतदाता थपीएको निर्वाचन कार्यालय पाँचथरका कम्युटर अपरेटर असोक घिसिङले जानकारी दिनुभयो । उहाँका अनुसार कात्तिक २८ गतेदेखी राष्ट्रिय परिचयपत्र मार्फत लिङ्क गरेर दर्ता प्रकृया शुरु गरेपछि छोटो समयमै मतदाता संख्या बढेको हो।
असोज १० गते देखी कात्तिक मसान्तसम्ममा भने १ हजार ६ सय ९९ जनाले मतदाता नामावली दर्ता गराएका थिए। जसमा ९२४ पुरुष र ७७५ महिला छन् । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि असोज १० देखी यता कुल ४ हजार ३८९ मतदाताले नाम दर्ता गराएको घिसिङले जानकारी दिनुभयो।
अन्तर जिल्लाका पुरुष ४३ र महिला ३५ गरि ७८ जनाले पाँचथरबाट मतदाता नामवलीको लागि फोटो खिचाएका छन्।
यसअघि कात्तिक १६ गतेसम्म १८ वर्ष पुरा भएर मतदान गर्न पाउने मतदाताको संख्या महिला ६६ हजार ८१ र पुरुष ७४ हजार ३२८ गरी कुल एक लाख ४० हजार ४०९ रहेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win