+
+

जातीय छुवाछुत अन्त्यका लागि आयोजित तिनदिने सवाल पहिचान कार्यशाला सम्पन्न

34 पटक हेरिएको
Clock २०८२ चैत्र २६, बिहीबार १०:३७
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश:

१. पाँचथर जिल्लामा आयोजित तिनदिने विशिष्टिकृत समूहबीच संवादमार्फत सवाल पहिचान कार्यशाला सम्पन्न भएको छ, जसको उद्देश्य जातीय छुवाछुत अन्त्य गर्ने थियो।
२. कार्यशालामा सहभागीहरुले समाजमा अझैपनि दलित र गैरदलितविच विभेद रहेको बताएका छन् र दलित समुदायभित्रकै छुवाछुत पनि अझै कायम रहेको बताएका छन्।
३. कार्यक्रममा सरोकारवाला निकाय, नागरिक समाज र स्थानीय सरकारले विभेदरहित समाज निर्माणको लागि आफूहरुले महत्वपूर्ण भूमिका खेल्ने जनाएका छन् र उहाले विभिन्न कार्ययोजना तयार गरेका थिए।

इवारा जवेगु लिम्बू,
पाँचथर । जातीय छुवाछुत अन्त्यका लागि आयोजित तिनदिने विशिष्टिकृत समूहबीच संवादमार्फत सवाल पहिचान कार्यशाला सम्पन्न भएको छ ।
स्थानीय तहमा नीतिगत सचेतनामार्फत जातयि विभेद अन्त्य गरी समानताको सुनिश्चितता गर्ने लक्ष्यसहित पाँचथरको फिदिममा आयोजित तिन दिने कार्यशाला चैत्र २४ गते सम्पन्न भएको हो ।
चैत्र २२ गते जिल्लाका दलित समुदायका अगुवा, दोस्रो दिन सरोकारवाला निकाय, नागरिक समाज,पत्रकार विभिन्न संघ संस्थाका प्रतिनिधी तथा तेस्रो दिन स्थानीय सरकारहरुको सहभागितामा जिल्लामा दलितको अवस्था साथै समुदायमा रहेको विद्यमान समस्याहरुको विषयमा छलफल भएको थियो ।
छलफलको क्रममा सहभागीहरुले समाजमा अझैपनि दलित र गैरदलितविच विभेद रहेको बताएका छन् । दलित भएकै कारण शिक्षाबाट बञ्चित गराइएको देखी, उपल्लो मानिने जातिको संग प्रेम गर्दा हत्या भएका घटनाहरुसम्म रहेको सहभागिहरुले बताए । यो संगै दलित समुदायभित्रकै छुवाछुत पनि अझै कायम रहेको बताउदै पहिला यो समस्याका समाधान जरैदेखी हुनुपर्नेमा जोड दिएका थिए ।
यस्तै संविधानप्रद्धत्त शिक्षा, स्वास्थ्य, आवास जस्ता आधारभूत हक अधिकार र सेवा सुविधाहरुमा पनि बञ्चित रहेको बताएका छन् ।
कार्यक्रममा सरोकारवाला निकाय, नागरिक समाज र स्थानीय सरकारले विभेदरहित समाज निर्माणको लागि आफूहरुले महत्वपूर्ण भूमिका खेल्ने जनाएका छन् ।
उनीहरुले सिप विकास र दलित आयआर्जनका कार्यक्रम, सवै पालिकामा पाश्वचित्र निर्माण, शशक्तिकरणका कार्यक्रम साथै दलित समुदायको समग्र विकासका लागि रणनैतिक योजना बनाएर नगर÷गाउँ पालिका स्तरीय समिति गठन गर्ने कार्ययोजना तयार गरेका थिए । उक्त कार्ययोजना राष्ट्रिय दलित आयोगमार्फत सरकारसम्म पु¥याउने आयोजक मानव अधिकार मञ्च नेपाल, इलामका अध्यक्ष मोहन सिंह थेवेले बताउनुभयो ।
मानव अधिकार मञ्च नेपाल, इलाम र जेनेरियो जर्मनिको सहयोगमा सञ्चालित तिनदिने कार्यशाला जिल्ला समन्वय समिति पाँचथरको समन्वयमा आयोजिना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा जि.स.स पाँचथरका प्रमुख रामराज आङ्देम्बेले दलित समुदायका समस्यालाई सम्बोधन गर्न प्रत्येक पालिकासंग दलित ऐन बनाउन समन्वय गर्ने बताउनुभयो ।
यस्तै फाल्गुनन्द गाउँपालिकाका उपाध्यक्ष ठाकुर सिंह नेम्बाङले दलित समुदायको अधिकार सुनिश्चित गर्न पालिका तप्पर रहेको बताउनुभयो ।
तिनदिने कार्यक्रम उपलब्धिमुलक भएको र उठाइएका सवालहरुअन्त्य गर्नका लागि सबैको साझा योजना तयार गर्न दोस्रो चरणबाट निश्कर्ष निकाल्ने आयोजक संस्थाका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले बताउनुभयो । “उहाले भन्नुभयो,” जातिय विभेद र छुवाछुत अन्त्य गर्न एउटा समुदायमात्र नभई सबै क्षेत्र लाग्नुपर्छ….
यो परियोजना अन्तर्गत जातीय छुवाछुत अन्त्यका लागि बाकि चरणमा साविक मेचि अञ्चलका इलाम, ताप्लेजुङ र झापामा पनि कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win