0 प्रतिक्रिया
पाँचथरमा लागुऔषध सहीत ५ जना पक्राउ
AI सारांश
Fast AI१. पाँचथरमा प्रतिबन्धीत लागु औषधसहीत ५ जना पक्राउ परेका छन् ।
२. पक्राउ पर्नेमा फिदिम २ साम्दीनका २७ वषीय धनराज तुम्बापो, फिदिम ८ का ३४ वर्षीय शुशील गुरुङ, सोही स्थानका ३३ वर्षीय विजदय गुरुङ, फाल्गुनन्द गाउँपालिका ४ का १८ वर्षीय विजय तामाङ र इलाम नगरपालिका १ का २३ वर्षीय लाक्पा शेर्पा रहेका छन् ।
३. प्रहरीले उनीहरुको साथबाट लुकाई छिपाई राखेको अवस्थामा ब्राउन सुगर जस्तो देखीने पदार्थ १० ग्राम ५२ मिलिग्राम बरामद गरेको छ र उनीहरुलाई जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ ।
पाँचथर । प्रतिबन्धीत लागु औषधसहीत पाँचथरमा ५ जना पक्राउ परेका छन् । लागु औषध ब्राउन सुगर विक्रि वितरण गर्दैछ भन्ने विशेष सुचनाको आधारमा पाँचथर प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा फिदिम २ साम्दीनका २७ वषीय धनराज तुम्बापो, फिदिम ८ का ३४ वर्षीय शुशील गुरुङ र सोही स्थानका ३३ वर्षीय विजदय गुरुङ, फाल्गुनन्द गाउँपालिका ४ का १८ वर्षीय विजय तामाङ र इलाम नगरपालिका १ का २३ वर्षीय लाक्पा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख अनिसकुमार कर्णले जानकारी दिनुभयो।
प्रहरीले उनीहरुको साथबाट लुकाई छिपाई राखेको अवस्थामा ब्राउन सुगर जस्तो देखीने पदार्थ १० ग्राम ५२ मिलिग्राम बरामद गरेको छ।
उनीहरुलाई जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









