0 प्रतिक्रिया
तरुण गोल्डकप- उपाधिका लागि आज कुम्मायक र हिलिहाङ भिड्दै
AI सारांश
Fast AIपाँचथरको फिदिममा जारि ८ औँ संस्करणको तरुण गोल्डकप फूटबल प्रतियोगिताको फाइनलमा कुम्मायक गाउँपालिका र हिलिहाङ गाउँपालिका भिड्दै छन्। यस प्रतियोगिताका दुई सेमिफाइनल खेलमा कुम्मायक गाउँपालिकाले फाल्गुनन्द गाउँपालिकालाई २–० ले र हिलिहाङ गाउँपालिकाले फिदिम नगरपालिकालाई ३–१ ले पराजित गरेर फाइनलमा प्रवेश गरेको हो। गोल्डकपको विजेताले उपाधिसहित नगद १ लाख १ सय ७३ रुपैया पाउने छ भने उपविजेताले ५१ हजार १ सय ७३ रुपयाँ पाउने छ।
पाँचथर । पाँचथरको फिदिममा जारि ८ औँ संस्करणको तरुण गोल्डकप फूटबल प्रतियोगिताको फाइनलमा उपाधिका लागि आज कुम्मायक गाउँपालिका र हिलिहाङ गाउँपालिका भिड्दै छन्।
बुधबार भएको पहिलो सेमिफाइनलमा फाल्गुनन्द गाउँपालिकालाई २–० ले पराजित गर्दै कुम्मायक फाइनलमा पुगेको हो । त्यस्तै बुधबार नै भएको दोस्रो सेमिफाइलनमा फिदिम नगरपालिकालाई ३–१ ले पराजित गर्दै हिलिहाङ पनि फाइनलमा प्रवेस गरेको हो । आज फिदिमस्थित फिदिम मा.विको खेलमैदानमा फाइनल खेल दिनको १ बजेदेखी शुरु हुने आयोजक तरुणदल पाँचथरका अध्यक्ष सुमन लामाले जानकारी दिनुभयो।
गोल्डकपको विजेताले उपाधिसहित नगद १ लाख १ सय ७३ रुपैया पाउने छ। उपविजेताले ५१ हजार १ सय ७३ रुपैँया पाउने अध्यक्ष लामाले जानकारी दिनुभयो ।
कात्तिक १० गतेदेखी सुरु भएको गोल्डकपमा पाँचथरका आठ स्थानीय तहको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











