Comments Add Comment

प्रथम फाल्गुनन्द स्मृति फुटबल प्रतियोगिताको उपाधि सिलौटीलाई

पाँचथर । जिल्लाको फाल्गुनन्द–२ नाम्फुङ्यक सिलौटीमा आयोजित प्रथम फाल्गुनन्द स्मृति फुटबल प्रतियोगिताको उपाधि सिलौटी फुलबल क्लबले जितेको छ।
फाल्गुनन्द–२ नाम्फुङ्यक सिलौटीमा चैत्र २६ गते सम्पन्न प्रतियोगिताको फाइनल खेलमा सिलौटी एफ.सीले पौवा सारतापलाई १–० ले हराउदैँ सिलौटी विजेता बनेको हो। विजेता सिलौटी एफ.सीले उपाधिसंगै नगद ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ। उपविजेता पौवा सारतापले नगद ३० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
खेलको वेष्ट प्लेयर पौवा सारतापका वेगम गुरुङ , वेष्ट किपर सिलौटी एफ.सीका अनुप राई बनेका छन् भने हाइ स्कोरर सौरव नेम्बाङ बनेका छन् । उनीहरुले ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
चैत्र २२ गतेदेखी शुरु भएको प्रथम फाल्गुनन्द स्मृति मेला तथा खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगितामा जम्मा १२ टिमको सहभागिता रहेको थियो।
१६ औँ राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द ज्यूको ७६ औँ स्मृति दिवसमा मेला साथै फुटबल प्रतियोगिता सञ्चालन गरीएको आयोजक साङसेन हाङसाम माङ्हिम सेवा समितिका उपाध्यक्ष दिपक नेम्बाङले जानकारी दिनुभयो। फाइनल खेल अर्थात कार्यक्रम समापन समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तिल विक्रम नेम्बाङ (वैरागी काइला) लाई अभिनन्दन पनि गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै