+
+

८ औं तरुण गोल्डकपको उपाधि कुम्मायक गाउँपालिकालाई

273 पटक हेरिएको
Clock २०८२ कार्तिक १३, बिहीबार १७:४२
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको सारांश यस प्रकार छ:

* पाँचथर जिल्लामा आयोजना भएको ८ औं तरुण गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को उपाधि कुम्मायक गाउँपालिकाले जितेको छ।
* फाइनल खेलमा कुम्मायकले हिलिहाङ गाउँपालिका लाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो।
* विजेता टोली कुम्मायक गाउँपालिकाले नगद रू १ लाख १ सय ७३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

पाँचथर । पाँचथर जिल्लाका आठवटै स्थानीय तहको सहभागितामा आयोजित ८ औं तरुण गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को उपाधि कुम्मायक गाउँपालिका ले हात पारेको छ। फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा गत कार्तिक १० गते उद्घाटन भएको प्रतियोगिताको फाइनल खेलमा कुम्मायकले हिलिहाङ गाउँपालिका लाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो।

यसअघि सेमिफाइनलमा कुम्मायकले फाल्गुनन्द गाउँपालिकालाई २–० ले पराजित गरेको थियो भने हिलिहाङले फिदिम नगरपालिकामाथि ३–१ को जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो। फाइनल खेलमा दुबै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि निर्णायक क्षणमा कुम्मायकका सुदिप लावतीले गोल गरेपछी कुम्मायकले जित सुनिश्चित गरेको थियो।

विजेता टोली कुम्मायक गाउँपालिकाले नगद रू १ लाख १ सय ७३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता हिलिहाङ गाउँपालिकाले नगद रू ५० हजार १ सय ७३ रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win