0 प्रतिक्रिया
तेह्रथुमको आठराईमा सिकाई आपुरण तथा द्रुत सिकाई सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
AI सारांश
Fast AIआठराईं सक्रान्ती बजार तेह्रथुममा आधारभुत तहको सिकाई आपुरण तथा द्रुत सिकाई सहयोग योजना (रियल प्लान) सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
कक्षागत तथा तहगत रूपमा विद्यार्थीले हासिल गर्नु पर्ने ज्ञान सीप प्राप्त नगरी माथिल्लो तहमा पुगेका विद्यार्थीलाई उक्त लेवलमा समान बनाउनका लागि द्रुत सिकाई गर्ने विषयमा अभिमुखीकरण गरिएको थियो ।
कार्यक्रममा आठराई गाउँपालिकाका ५९ वटै विद्यालयका प्राध्यापक तथा प्रतिनिधि, जनप्रतिनिधिहरू, सरोकारवाला, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
तेह्रथुमको आठराई सक्रान्तिबजारमा आधारभुत तहको सिकाई आपुरण तथा द्रुत सिकाई सहयोग योजना (Real plan) सम्बन्धि शनिबार एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कक्षागत तथा तहगत रूपमा विद्यार्थीले हासिल गर्नु पर्ने ज्ञान सीप प्राप्त नगरी माथिल्लो तहमा पुगेका विद्यार्थीलाई उक्त लेभलमा समान बनाउँनका लागि कसरी द्रुत सिकाइ गर्न सकिन्छ भन्ने विषयमा अभिमुखीकरण गरिएको थियो ।
अभिमुखीकरण कार्यक्रमको सहजिकरण शिक्षा विकास तथा समन्व्य इकाई तेह्रथुमका प्रमूख बालकृष्ण ढुंगेलले गर्नुभएको थियो।
स्थानीय स्तरका शैक्षिक सरोकारवाला,स्थानीय जनप्रतिनिधि,सामुदायिक विद्यालयका प्रद्यानाध्यापक तथा स्थानीय स्तरका संघ सस्थाहरूका लागि अत्यन्तै प्रभावकारी कार्यक्रम भएको आठराई गाउँपालिका शिक्षा शाखा प्रमूख लक्षीमा लामाले बताउँनुभयो।
शिक्षा युवा तथा खेलकुद शाखा आठराईको आयोजनामा आयोजित कार्यक्रममा आठराई गाउँपालिकाका ५९ वटै विद्यालयका प्र.अ. तथा प्रतिनिधि, जनप्रतिनिधिहरू, सरोकारवाला,पत्रकार लगायतको उपस्थिति रहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









