+
+

मानव अधिकार रक्षकमाथि आक्रमणः इन्सेकद्धारा घटनाको निन्दा

187 पटक हेरिएको
Clock २०८१ फाल्गुन ९, शुक्रबार १६:२८
-- Sponsored --

AI सारांश

Fast AI

१. नो केवलकार समूहका कार्यकर्ताले आक्रमण गरेको घटनामा इन्सेक प्रतिनिधिसहित रेडक्रसका प्रतिनिधिको सवारी गाडीमा तोडफोड भएको छ।
२. झडपका क्रममा घाइते भएका सुरक्षाकर्मी र पदर्शनकारीको उद्धारका लागि गएका इन्सेक प्रतिनिधि एलिना दियाली र रेडक्रसका जिल्ला सभापति इन्द्र गुरुङको सवारी गाडीमा आक्रमण भएको छ।
३. इन्सेकले घटनाको निन्दा गर्दै नो केवलकार समूहको नेतृत्वसँग यस्ता घटनाको पुनरावृत्ति नगर्न र मानव अधिकार रक्षकको अधिकार निर्बाध आवागमनको सुनिश्चितता गर्न माग गरेको छ।

इवारा जवेगु

पाँचथर । पाथीभरा मुकुम्लुङ क्षेत्रमा भएको झडपमा उद्दारका लागि गएका इन्सेक प्रतिनिधिसहित रेडक्रसका प्रतिनिधिलाई फागुन ८ गते नो केवलकार समूहका कार्यकर्ताले आक्रमण गरेको घटनाको इन्सेकले निन्दा गरेको छ।

फुङलिङ नगरपालिका ९ र १० स्थित काफ्लेपाटी क्षेत्रमा नो केवलकार समूहका कार्यकर्ता र प्रहरीबिच झडप भएको थियो।

झडपका क्रममा घाइते भएका सुरक्षाकर्मी र पदर्शनकारीको उद्धारका लागि गएका इन्सेक प्रतिनिधि एलिना दियालीसंगै नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङका जिल्ला सभापति इन्द्र गुरुङ र उद्योग वाणिज्य संघ ताप्लेजुङका महासचिव तथा रेडक्रसका आजिवन सदस्य कमल लिम्बू सवार गाडि तोडफोड भएको थियो।

सोहि सवारीका सवारी चालक फुङलिङ नगरपालिका ९का ३५ वर्षीय राजकुमार पौडेल गम्भीर घाइते हुनु भएको छ। उहाँको टाउकोमा गहिरो चोट लागेका कारण जिल्ला अस्पतालबाट रेफर भई झापाको विर्तामोडस्थित बि एण्ड सी अस्पतालमा भर्ना गरिएको छ। उक्त घटनाप्रति फागुन ९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको जनाएको छ।

जस्तोसुकै कठिन परिस्थितिमा पनि नेपालका मानव अधिकार रक्षकहरुले निर्बाध काम गर्ने गरेको इतिहास रहेको विज्ञप्तिमा भनिएको छ। नेपालको संविधान तथा कानुनले व्यक्तिको निर्बाध आवगमनको अधिकार सुनिश्चित गरेको छ। त्यसमाथि मानव अधिकार रक्षकलाई बिना रोकतोक घटनाको अनुगमनको अधिकार रहेको उल्लेख छ।

आन्दोलनरत पक्ष र प्रशासनलाई समेत जानकारी गराएर उद्दारका लागि गएको अधिकारकर्मी सवार गाडीमा जानाजान तोडफोड भएकाले आन्दोलनको नेतृत्व गर्नेहरु जबाफदेही हुन विज्ञप्तिमा भनिएको छ। यस्ता घटनाको पुनरावृत्ति नगर्न, मानव अधिकार रक्षकको अधिकार निर्बाध आवागमनको सुनिश्चितता गर्न तथा घटनामा संलग्न आफ्ना  समर्थकलाई कारबाहीको दायरामा ल्याउन नो केवलकार समूहको नेतृत्वसँग माग गरिएको इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमद्धारा हस्ताक्षरित जारि विज्ञप्तिमा भनिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win