0 प्रतिक्रिया
पाँचथर गोल्डकप २०८१: खेल तालिका सार्वजनिक, पहिलो खेल फागुन २४ गते
AI सारांश
Fast AI१. पाँचथर गोल्डकपको ५ औ संस्करण फागुन २४ गतेदेखी चैत्र २ गतेसम्म सञ्चालन हुन गइरहेको छ।
२. प्रतियोगिताको विजेताले उपाधि सहित ११ लाख १ हजार १ सय ११ रुपैँया प्राप्त गर्दा उपविजेता टिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैँया प्राप्त गर्नेछ।
३. फिदिम मा.वि को खेलमैदानमा हुने प्रतियोगितामा विभिन्न पुरस्कारहरु जस्तै मेन अफ दि म्याच, बेष्ट कोच, हाई स्कोरर, बेष्ट गोलकिपर, बेष्ट डिफेन्डर, बेष्ट मिडफिल्डर, राईजिङ प्लेयर, बेष्ट प्लेयर र फ्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था गरिएको छ।
पाँचथर। पाँचथरको सदरमुकाम फिदिममा फागुन २४ गतेदेखी चैत्र २ गतेसम्म सञ्चालन हुन गइरहेको पाँचथर गोल्डकपको ५ औ संस्करणको खेल तालिका सार्वजनिक भएको छ।
आयोजक पाँचथर क्लब पाँचथरले सार्वजनिक गरेको तालिका अनुसार फागुन २४ गते उद्घाटन खेलमा आयोजक पाँचथर क्लब पाँचथर र पथरी ११, फुटबल क्लब मोरङविच प्रतिस्पर्धा हुनेछ। त्यस्तै खेलको दोस्रो दिन फागुन २५ गते चर्च बोइज युनाइटेड फुटबल क्लब काठमाडौँ र हिल्स फुटबल एकेडेमी भारत आमनेसामने हुनेछन्।
फागुन २६ गते तेस्रो खेलमा मछिन्द्र फुटबल क्लब काठमाडौँले हिमालय शेर्पा फुटबल क्लब काठमाडौसंग प्रतिस्पर्धा गर्ने छ भने चौथो खेल अर्थात फागुन २७ गते सप्तरीको नमोबुद्ध युथ क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल फागुन २८ गते र दोस्रो तथा अन्तिम सेमिफाइनल खेल फागुन २९ गते हुने आयोजक पाँचथर क्लब पाँचथरका अध्यक्ष कमल तुम्रोकले जानकारी दिनुभयो । फाइनल खेल भने चैत्र २ गते हुने छ ।
फिदिम मा.वि को खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधि सहित ११ लाख १ हजार १ सय ११ रुपैँया प्राप्त गर्दा उपविजेता टिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैँया प्राप्त गर्नेछ।
विद्यागतर्फ मेन अफ दि म्याच, बेष्ट कोच, हाई स्कोरर, बेष्ट गोलकिपर, बेष्ट डिफेन्डर, बेष्ट मिडफिल्डर, राईजिङ प्लेयर, बेष्ट प्लेयर र फ्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै केही खेलाडी, अफिसियल र दर्शकहरुको पनि सामुहिक दुर्घटना बिमा गरिने पनि आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories






