0 प्रतिक्रिया
उम्लाबुङ खानेपानी उपभोक्ता समितिको दोस्रो अधिवेशन सम्पन्न
AI सारांश
Fast AI१. असार २७ मा उम्लाबुङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दोस्रो अधिवेशन पाँचथरको फाल्गुनन्द गाउँपालिका १, नवमीडाँडामा सम्पन्न भएको छ ।
२. श्रीभक्त लुइँटेलको अध्यक्षतामा ३ वर्षे कार्यकालका लागि नयाँ कार्यसमितिको चयन गर्दै खानेपानी उपभोक्ता समितिको अधिवेशन सम्पन्न भएको हो ।
३. खानेपानीका उपभोक्ताहरुको भेलाबाट समितिको उपाध्यक्षमा भिम ढकाल, सचिवमा हेमराज आङ्देम्बे कोषाध्यक्षमा मनु आङ्देम्बे लगायत ११ सदस्यीय समिति सर्वसहमतीमा चयन गरिएको हो ।
दिपक दुलाल, असार २७
उम्लाबुङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दोस्रोे अधिवेशन पाँचथरको फाल्गुनन्द गाउँपालिका १, नवमीडाँडामा सम्पन्न भएको छ ।
श्रीभक्त लुइँटेलको अध्यक्षतामा ३ वर्षे कार्यकालका लागि नयाँ कार्यसमितिको चयन गर्दै खानेपानी उपभोक्ता समितिको अधिवेशन सम्पन्न भएको हो ।
खानेपानीका उपभोक्ताहरुको भेलाबाट समितिको उपाध्यक्षमा भिम ढकाल, सचिवमा हेमराज आङ्देम्बे कोषाध्यक्षमा मनु आङ्देम्बे लगायत ११ सदस्यीय समिति सर्वसहमतीमा चयन गरिएको हो ।
यसैगरी सदस्यहरुमा टेक बहादुर घिसिङ, पञ्चमान नेपाली, भिमराज आङ्देम्बे, दिपादेवी दुलाल, रञ्जु चापागाई, धन प्रसाद आङ्देम्बे र बरुण कुमार मिखोक्पा चयन हुनुभएको छ ।
कार्यक्रममा नवमीडाँडाका समाजसेवी बुद्धिजिवी, विभिन्न संघसंस्थाका प्रतिनिधीहरु, जननिर्वाचित प्रतिनिधीहरु, खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरु तथा आम उपभोक्ताहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम फाल्गुनन्द गाउँपालिका वडा नं. १ का वडाध्यक्ष होम प्रसाद आङदेम्बेको प्रमुख आतिथ्यता र उम्लाबुङ खानेपानी तथा सरसफाइ उपभोक्ता तदर्थ समितिका अध्यक्ष लिला प्रसाद चापागाईँको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











