काठमाडौं, २८ साउन । रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजिनामा दिएको पत्र बुझाएका छन् ।
हिजो प्रतिनिधिसभाको बैठकमा राजीनामा दिने घोषणा गरेका सभापति खतिवडाले आज सभामुख देवराज घिमिरेसमक्ष आज औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन् ।
संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ प्रकरणमा मुछिएर बिबादित बनेको तथा सो बारेमा गठित संसदीय छानबिन समितिले सभापतिको हैसियतमा नैतिक जिम्मेवार ठहराएको थियो।
सो पछि उनले जिम्मेवारी स्विकार गर्दै हिजो संसदवाट राजिनामा दिने घोषणा गरेका थिए । जसअनुसार आज राजिनामा पत्र बुझाएका हुन् ।
उनले हिजो भनेका थिए, ‘प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहाासी राजीनामा दिएको घोषणा गर्दछु ।’









