+
+

उपरथी शाहलाई दर्ज्यानी चिन्ह प्रदान

Clock २०८१ भाद्र २७, बिहीबार १५:१६
-- Sponsored --

काठमाडौँ । उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी ध्रुव प्रकाश शाहलाई प्रधान सेनापति अशोकराज सिग्देलले जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । पदोन्नतिसँगै उपरथी शाह सैनिक तालिम महानिर्देशनालयको महानिर्देशकमा नियुक्त भएका छन् ।

प्रधान सेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानी अनुप अधिकारीलाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह एवं महासेनानी दर्जामा पदोन्नति भएका प्राविधिक डेन्टिष्ट प्रमुख सेनानी डा. रिवाज कार्कीलाई महासेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्द एवं अधिकृतका परिवारजनको उपस्थिति रहेको नेपाली सेनाले जानकारी दिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

विज्ञापनहरु