+
+

ढुङ्गाले प्रहार गरेर एक जनाको हत्या, आरोपि पक्राउ

163 पटक हेरिएको
Clock २०८३ बैशाख ११, शुक्रबार ०८:१९
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको सारांश निम्नलिखित ३ वटा बुँदामा प्रस्तुत गरिएको छ:

* पाँचथरको हिलिहाङ गाउँपालिकामा ढुङ्गाले प्रहार गरेर ५२ वर्षीय धनप्रसाद यवाको हत्या भएको छ।
* हत्याका आरोपिलाई प्रहरीले नियन्त्रणमा लिएको छ, र मृतकको शव परीक्षणपश्चात परिवारलाई जिम्मा लगाइएको छ।
* घटना बुधवार बेलुकी भएको हो, र यसको कारण प्रहरी अनुसन्धान गरिरहेको छ, तर यसअघि दुईवीच चिनजान नरहेको पाइएको छ।

रवीन्द्र काफ्ले (रासस)

पाँचथर, १० वैशाखः

पाँचथरको हिलिहाङ गाउँपालिकामा ढुङ्गाले प्रहार गरेर एक जनाको हत्या भएको छ। हत्याका आरोपिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

हिलिहाङ गाउँपालिका–६ भारपाका ५२ वर्षीय धनप्रसाद यवाको बुधवार बेलुकी ढुङ्गाले प्रहार गरी हत्या भएको हो। हिलिहाङ–७ चुक्फारा पुगेका यवालाई सोही स्थानका हरिप्रसाद योक्पाङदेनले ढुङ्गाले टाउको प्रहार गरी हत्या गरेका हुन। बुधवार साँझ यवा र योक्पाङ्देनले सोही स्थानका होमप्रसाद थापाको पसलमा पादक पदार्थ सेवन गरेपछि झगडा सुरु भएको पाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रामचन्द्र शाहले जानकारी दिनुभयो। 

झगडाका क्रममा योक्पाङ्देनले ढलेका यवाको टाउकोमा ढुङ्गाले प्रहार गर्दा घटनास्थलमै ज्यान गएको हो। योक्पाङ्देनलाई बुधवार राती नै प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ भने मृतकको शव परीक्षणपश्चात परिवारलाई जिम्मा लगाइएको शाहले जानकारी दिनुभयो। यवा के कारणले उक्त स्थानमा पुगेका थिएभन्ने खुल्न बाँकी रहेको र दुईवीच यसअघि चिनजान नरहेको पाइएको शाहले वताउनुभयो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win