+
+

गुह्येश्वरीमा स्व. मिना सोडारी स्मृति अक्षयकोष स्थापना

319 पटक हेरिएको
Clock २०८२ श्रावण ३०, शुक्रबार ०८:२९
-- Sponsored --

AI सारांश

Fast AI

१. गुह्येश्वरी आधारभुत विद्यालयमा स्व.मिना सोडारी स्मृति अक्षयकोष स्थापना गरिएको छ।
२. स्व. मिना सोडारीको स्मृतिमा परिवारले जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्ने उदेश्यले अक्षयकोष स्थापना गरेको हो।
३. अक्षयकोषको वार्षिक व्याज रकमबाट विद्यालयका विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्ने व्यवस्था गरिएको छ।

गुह्येश्वरी आधारभुत विद्यालयमा स्व.मिना सोडारी स्मृति अक्षयकोष स्थापना गरिएको छ । कुम्मायक गाउँपालिका–५ को गुह्येश्वरी आधारभुत विद्यालयमा दुम्सिपोखरीमा स्व. मिना सोडारीको स्मृतिमा २० हजार ५० रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो। विद्यालयमा आयोजित एक कार्यक्रमका बीच सोडारीको स्मृतिमा परिवारले जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्ने उदेश्यले अक्षयकोष स्थापना गरेको हो।
स्व.मिना सोडारीका बुवा डिगबहादुर सोडारीले विद्यालयका प्रध्यानाध्यापक भक्तबहादुर तामाङलाई नगद रकम हस्तान्त्रण गर्नुभएको थियो। अक्षयकोषको वार्षिक व्याज रकमबाट विद्यालयका विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्न अक्षयकोष स्थापना गरेको उहाँको भनाइ छ।
स्व.सोडारीको २०४८ सालमा जन्म भई २०७४ सालमा अल्पआयुमै मृत्यु भएको थियो। विद्यालयको पुर्व शिक्षकको रुपमा कार्यरत सोडारीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको हो। विद्यालयमा यस अघि पनि दाताहरुले स्थापना गरेको अक्षयकोषबाट विद्यार्थीहरुलाई  छात्रवृति बितरण हुदै आएको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win