Comments Add Comment

फाल्गुनन्द-३ का वडाध्यक्ष सुखबिर नेम्वाङको निधन

पाँचथर-फाल्गुनन्द गाउँपालिका-३ का वडाध्यक्ष तथा नेपाली कांग्रेस फाल्गुनन्द गाउँपालिका सभापति सुखबिर नेम्वाङको ५६ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि मुखको क्यान्सरबाट पीडित उनको बुधबार बिहान घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

नेम्वाङ २०७४ सालको स्थानीय तह निर्वाचनमा पहिलो पटक वडाध्यक्षमा निर्वाचित भएका थिए। प्रभावशाली नेतृत्वका कारण २०७९ को निर्वाचनमा पनि उनले दोस्रो कार्यकालका लागि जित हासिल गरेका थिए।

भक्तपुर क्यान्सर अस्पतालमा लामो समय उपचारपछि अस्पतालले घर फर्काएपछि उनलाई फालगुनन्द-३, पौवासारतापस्थित घर ल्याइएको थियो। कुशल भलिबल खेलाडीसमेत रहेका नेम्वाङको अन्त्येष्टि बुधबार नै गरिने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै