0 प्रतिक्रिया
मिक्लाजुङमा बुवाको बन्दुक प्रहारबाट छोराको मृत्यु
AI सारांश
Fast AI१. पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका–८ भदौरेमा बुवाले भरुवा बन्दुक प्रहार गर्दा १७ वर्षीय छोराको मृत्यु भएको छ।
२. मादक पदार्थ सेवन गरेका ५२ वर्षीय बखतसिंह लिम्बूले आफ्नै छोरा सफल लिम्बूलाई घर पछाडिको बारीतर्फ करिब १०० मिटर टाढा भरुवा बन्दुकले प्रहार गरेका हुन्।
३. घटनामा प्रयोग भएको भरुवा बन्दुकसहित आरोपी बखतसिंह लिम्बूलाई नियन्त्रणमा लिइएको र मृतकको शव पोष्टमार्टमका लागि धरान पठाइएको छ।
पाँचथर, कार्तिक ९ —
पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका–८ भदौरेमा बुवाले भरुवा बन्दुक प्रहार गर्दा छोराको मृत्यु भएको छ।
मिति २०८२ कार्तिक ९ गते दिउँसो करिब ३ बजेर २० मिनेटको समयमा मादक पदार्थ सेवन गरेका ५२ वर्षीय बखतसिंह लिम्बूले आफ्नै १७ वर्षीय छोरा सफल लिम्बूलाई घर पछाडिको बारीतर्फ करिब १०० मिटर टाढा भरुवा बन्दुकले प्रहार गरेका हुन्।
गोली दाहिने कुम, कन्चट र छातीमा लाग्दा सफल लिम्बूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ SOCO तथा प्रहरी अधिकृतसहितको टोली घटनास्थल पुगेर स्थान सुरक्षित गरी कानुनी प्रक्रिया पूरा गरेको थियो। घटनामा प्रयोग भएको भरुवा बन्दुकसहित आरोपी बखतसिंह लिम्बूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
मृतकको शव पोष्टमार्टमका लागि धरान पठाइएको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









