Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "wc-add-to-cart" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/newsgala/bishwasanchar.com/wp-includes/functions.php on line 6131

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "woocommerce" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/newsgala/bishwasanchar.com/wp-includes/functions.php on line 6131

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "script" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/newsgala/bishwasanchar.com/wp-includes/functions.php on line 6131
Comments Add Comment

ओखलढुंगा आधारभूत विद्यालयको ३८ औँ वार्षिक उत्सव सम्पन्न

मनोज थापा
पाँचथर। कुम्मायक गाउँपालिका वडा नं. १, ओखलढुंगामा अवस्थित श्री ओखलढुंगा आधारभूत विद्यालयको ३८ औँ वार्षिक उत्सव तथा शैक्षिक सामग्री वितरण कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि कुम्मायक गाउँपालिका अध्यक्ष वंम प्रसाद लावती रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्काको उपस्थिति रहेको थियो। विशेष अतिथिका रूपमा वडा नं. १ का वडा अध्यक्ष देवेन्द्र कुमार लावती तथा अतिथिका रूपमा वडा सदस्य अमर पौडेल सहभागी रहनुभएको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र बहादुर सुयल थापाको अध्यक्षतामा सम्पन्न भएको हो।

समारोहमा विद्यालयलाई जग्गा दान गर्ने नरेन्द्र सुयल थापा, श्रीभक्त गोदार थापा र सेर बहादुर रैका मगरलाई सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो। यसैगरी पूर्व शिक्षक, पूर्व विद्यार्थी, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघका अध्यक्षलगायतलाई पनि सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।

कार्यक्रममा उपस्थित अतिथिहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। समारोहका अवसरमा कुम्मायक गाउँपालिकाका पूर्व शिक्षा शाखा प्रमुख तथा स्रोत व्यक्ति एगेन्द्र बहादुर खड्काले खड्ग पद्मा खड्का स्मृति अक्षयकोषका लागि रु. ५०,००० सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै वडा नं. १ का वडा अध्यक्ष देवेन्द्र कुमार लावतीले वडा कार्यालयमार्फत रु. ५०,००० नगद तथा विद्यालयका लागि प्रिन्टर, कम्प्युटरलगायत शैक्षिक सामग्री खरिदका लागि रु. १ लाख प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो।

यसै अवसरमा नेपाल उद्योग तथा व्यवसायी महासंघ, कुम्मायक गाउँ कमिटी, पाँचथरले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शैक्षिक सामग्री वितरण कार्यक्रमसमेत सम्पन्न गरेको छ। कार्यक्रममा विद्यालयमा अध्ययनरत ३३ जना विद्यार्थीलाई झोला तथा कापी वितरण गरिएको थियो। शैक्षिक सामग्री वितरणले विद्यार्थीहरूमा पठनपाठनप्रति थप उत्साह र प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।

समारोहमा विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक नृत्य, कला तथा मनोरञ्जनात्मक कार्यक्रमहरूले कार्यक्रमलाई थप आकर्षक, उल्लासमय र स्मरणीय बनाएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै