Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "wc-add-to-cart" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/newsgala/bishwasanchar.com/wp-includes/functions.php on line 6131

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "woocommerce" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/newsgala/bishwasanchar.com/wp-includes/functions.php on line 6131

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "script" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/newsgala/bishwasanchar.com/wp-includes/functions.php on line 6131
Comments Add Comment

कुम्मायक–५ दुम्सिपोखरीमा अक्षयकोष स्थापना

पाँचथर — आधारभूत विद्यालय दुम्सिपोखरीमा अक्षयकोष स्थापना गरिएको छ। बिहीबार विद्यालयमा आयोजित अक्षयकोष हस्तान्तरण कार्यक्रमका बीच कुम्मायक गाउँपालिका–५ नरकटे घर भई हाल झापा र मोरङ जिल्लामा बसोबास गर्दै आएका सोडारी परिवारले अक्षयकोष स्थापना गरेका हुन्।

स्वर्गीय जितबहादुर सोडारी र नैनकला सोडारीको स्मृतिमा नगद १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ। त्यसैगरी स्वर्गीय रामबहादुर सोडारीको स्मृतिमा १५ हजार १ सय ५० रुपैयाँको अर्को अक्षयकोष समेत स्थापना गरिएको जनाइएको छ।

उक्त अवसरमा कक्षा–८ मा अध्ययनरत विद्यार्थीहरूलाई अक्षयकोषदाता परिवारले शैक्षिक सामग्री वितरण समेत गरेको थियो। अक्षयकोषदाता नारायण सोडारीका अनुसार अक्षयकोषको वार्षिक ब्याज रकमबाट विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले शैक्षिक सामग्री उपलब्ध गराइनेछ। शिक्षण–सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन आगामी दिनमा अन्य विद्यार्थीहरूलाई पनि आवश्यक शैक्षिक सामग्री वितरण गर्ने परिवारको योजना रहेको उनले बताए।

परिवारको सम्झनालाई दीर्घकालीन र अर्थपूर्ण बनाउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको दाताहरूले बताएका छन्। ब्याज रकमले विद्यालयका शैक्षिक गतिविधि अघि बढाउन सहयोग पुग्ने अपेक्षा समेत व्यक्त गरिएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश थापाले विद्यालय र अक्षयकोषदाताबीचको सहकार्यलाई उदाहरणीय कार्यका रूपमा लिँदै आगामी दिनमा शैक्षिक उपलब्धि अभिवृद्धिका लागि यस्ता सहयोगलाई प्रभावकारी रूपमा सञ्चालन गरिने बताए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष दुर्गाप्रसाद बम्जन र प्रधानाध्यापक भक्तबहादुर तामाङले अक्षयकोषदाताप्रति धन्यवाद तथा प्रशंसा व्यक्त गरेका थिए। कार्यक्रममा शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै