+
+

मणि कुमार लिङ्देनको नेतृत्वमा पाँचथरमा २५ सदस्यीय नेसनल भोलेन्टियर फोर्स कमिटी गठन

Clock २०८२ माघ २४, शनिबार २२:१७
-- Sponsored --

पाँचथर-पाँचथर जिल्लामा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी पाँचथरको ५ औँ विस्तारित बैठकसँगै, पाँचथरका सबै ८ वटै स्थानीय पालिका तथा नगरपालिका समेटेर नेसनल भोलेन्टियर फोर्स (National Volunteer Force) को जिल्ला कमिटी शनिबार गठन गरिएको छ। सम्पन्न भेलाले मणि कुमार लिङ्देनलाई कमान्डर तथा अर्जुन राईलाई सह–कमान्डर चयन गर्दै २५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रूपमा गठन गरेको हो।

सो अवसरमा नेकपा (एमाले) पाँचथर जिल्ला कमिटी अध्यक्ष तथा जनसंगठन समन्वय संयन्त्रका अध्यक्ष विष्णु प्रसाद सापकोटा र नेकपा (एमाले) पाँचथर जिल्ला कमिटीका उपाध्यक्ष वीरबहादुर कुरुम्बाङ ले नवगठित कमिटीलाई बधाई तथा शुभकामना दिँदै मन्तव्य राख्नुभएको थियो।

उहाँहरूले आसन्न निर्वाचनमा विभिन्न किसिमका समस्या आउन सक्ने भएकाले सो निर्वाचन भयरहित, शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गर्न नेसनल भोलेन्टियर फोर्सको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्नुभयो। साथै, अप्ठ्यारो तथा संकटपूर्ण परिस्थितिमा जनसुरक्षामा सहयोग पुर्‍याउने उद्देश्यले नै यो फोर्स गठन गरिएको स्पष्ट पार्नुभयो।

उपाध्यक्ष कुरुम्बाङ्ले देशभित्र भइरहेका विदेशी चलखेलविरुद्ध युवाहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याउँदै देश बनाउने र बिगार्ने शक्तिबीच स्पष्ट भिन्नता छुट्याएर अघि बढ्न युवालाई आह्वान गर्नुभएको थियो।

नवगठित कमिटीले जिल्लाका सबै ८ वटै स्थानीय पालिका र नगरपालिकामा संगठन विस्तार गर्दै, नेकपा (एमाले) का चुनावी कार्यक्रम तथा गतिविधिहरूलाई सहयोग पु¥याउने साथै आउँदो निर्वाचनको समयमा जनताको सुरक्षा, मतदाता सुरक्षा र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न पूर्ण रूपमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ। 

यसैबीच, नेकपा (एमाले) पाँचथर जिल्ला कमिटीको चुनाव प्रचारलाई सशक्त बनाउन सम्पर्क कार्यालय बिजुली लाइन, आदर्श सरगम होटल छेउमा उद्घाटन समेत गरेको छ, जसले आगामी निर्वाचनमा पार्टीका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुग्ने पार्टीका अध्यक्ष विष्नु प्रसाद सापकोटाले जानकारी गराउनुभयो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस