+
+

तेस्रो याङनाम गोल्डकपको आयव्वय सार्वजनिक, उठ्न बाँकि रकम बाहेक २३ हजार बचत

113 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८२ जेष्ठ १५, बिहीबार १७:३७
-- Sponsored --

जेठ १५, बिहिबार, २०८२
(फिदिम) खलङगाटारमा सञ्चालन भएको तेस्रो संस्करणको याङनाम गोल्डकप फुटवल प्रतियोगिता र याङनाम फुङनाम मेलाको आयव्य सार्वजनिक गरिएको छ।
पाँचथरको फिदिम नगरपालिका १०, याङनामको खलङगाटारमा २०८१ चैत २७ देखि २०८२ वैशाख २ गतेसम्म सञ्चालन भएको गोल्डकप र मेलाको आयव्यय आयोजक याङनाम फुङनाम मेला मुल आयोजक समितीले सार्वजनिक हो।
आयोजकले सार्वजनिक गरेको आयव्यय अनुसार गोल्डकप तथा मेला आयोजनाको लागि दश लाख साठि हजार दुइ सय पइतिस रुपैँया आय रकम रहेको छ भने व्यय अर्थात खर्च रकम दश लाख एक हजार पाँचसय पच्चास रुपैया रहेको छ।
आय रकममा उल्लेख गरिएको विवरणमा ३५ हजार रुपैँया भने उठ्न बाँकि रहेको आयोजक सँस्थाका अध्यक्ष उपेन्द्र येक्तेनले जानकारि दिनुभयो । उठ्न बाँकि रकमबाहेक २३ हजार ६ सय ३५ रुपैँया बचत रहेको आयोजकले जनाएको छ।
गोल्डकप तथा मेलाको सञ्चालनको लागि फिदिम नगरपालिका १० नम्बर वडाले तीन लाख रुपैँया, फिदिम नगरपालिकाको कार्यालय फिदिमले दुइ लाख पच्चास हजार रुपैँया आर्थिक सहयोग गरेको थियो।
यस्तै याङनामबासि हाल युकेमा कार्यरतहरुबाट एक लाख पइतिस हजार रुपैँया, याङनामबासि हाल हङकङमा रहनुहुने विबस थाम्सुहाङबाट चालिस हजार रुपैया, याङनामबासि हाल हङकङमा कार्यरतहरुबाट पइतालिस हजार दुइसय पच्चास रुपैँया आर्थिक सहयोग प्राप्त भएको आयोजकले जनाएको छ। यस्तै अन्य विभिन्न सहयोगि व्यक्ति, संघ-संस्थाहरुगरी यतिका रकम संकलन भएको आयोजकले जनाएको छ ।
गोल्डकपको च्यान्पियन ट्रफि वुवा नरप्रसाद जवेगु र आमा छबिरुपा नेम्बाङ (जवेगु)को स्मृतिमा, छोराहरु भगिरथ, रुपनारायण, वेद र यन्त्र जवेगुले सौजन्य गर्नुभएको थियो यस्तै दोस्रो ट्रफि भाई जीवनकुमार थाम्सुहाङको स्मृतिमा, दिदि पुष्पलता थाम्सुहाङले सौजन्य गर्नुभएको थियो ।
आयोजकले सार्वजनिक गरेको आयव्यय अनुसार प्रथम पुरस्कार दुइ लाख तिन हजार, दोस्रो पुरस्कार एक लाख तिन हजार, रेफ्रि खर्च अस्सी हजार, प्रत्यक्ष प्रशारण फुटवल र साँस्कृतिक कार्यक्रममा नब्बे हजार, विधागत पुरस्कार २९ हजार रुपैँया खर्च भएको छ । यस्तै खेलाडि यातायात खर्च २२ हजार, सहभागि टिम आवास खर्च ८५ हजार, इन्टरनेट जडान १५ हजार, खेलमैदान व्यवस्थापन तीस हजार पाँचसय पच्चास, आयोजक खाजा खर्च २२ हजार, फुटवल खरिद १८ हजार, बृहत साँगितीक कार्यक्रममा दुइ लाख पच्चास हजार, अतिथी सम्मान÷सत्कार खर्च २२ हजार, भेट्रान्स फुटवल पुरस्कार दश हजार र छापाखानामा बिस हजार खर्च भएको आयव्यय विबरणमा उल्लेख गरिएको छ ।
जिल्लाका आठवटा टिम सहभागि रहेको गोल्डपक खलङगाटारमा अवस्थित इमासिं रंगशालामा चैत २७ देखि वैशाख २ गतेसम्म सञ्चालन भएको थियो । गोल्डकपको उपाधि तिजोक युवा क्लवले नवमिडाँडाले जितेको थियो । यस क्षेत्रमा नयाँवर्षको अवसरमा हरेक वर्ष गोल्डकप तथा मेला आयोजना हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win