0 प्रतिक्रिया
अमेरिकी कंग्रेसद्दारा राष्ट्रपति ट्रम्पको सैन्य शक्ति सीमित गर्ने प्रस्ताव पारित
AI सारांश
Fast AI१. अमेरिकी कंग्रेसले राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य शक्ति सीमित गर्ने प्रस्ताव ५०–४७ मतले पारित गरेको छ।
२. यदि यो प्रस्ताव लागू भयो भने ट्रम्प प्रशासनलाई इरान विरुद्धको युद्ध जारी राख्न कंग्रेसको अनुमोदन आवश्यक पर्नेछ।
३. यो मतदानलाई विपक्षीहरूको लागि ठूलो विजय मानिएको छ, उनीहरूले तर्क गरिरहेका छन् कि संयुक्त राज्य अमेरिकाले युद्ध सुरु गर्ने वा सेना पठाउने शक्ति राष्ट्रपतिमा होइन, संसदमा हुनुपर्छ।
काठमाडौं, ७ जेठ । अमेरिकी कंग्रेसले राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य शक्ति सीमित गर्ने प्रस्ताव पारित गरेको छ।
सो मतदान प्रकियमा ४ रिपब्लिकन सांसदहरू विपक्षी डेमोक्र्याटहरूसँग सामेल भएका थिए भने तीन रिपब्लिकन सांसदहरू अनुपस्थित रहेको थियो ।
त्यसपछि सो प्रस्ताव ५०–४७ मतले पारित भएको हो ।
यद्यपि यो कानून बन्न अझै धेरै चरणहरू पार गर्न बाँकी छ, यदि यो प्रस्ताव लागू भयो भने ट्रम्प प्रशासनलाई इरान विरुद्धको युद्ध जारी राख्न कंग्रेसको अनुमोदन आवश्यक पर्नेछ।
यद्दपी सो विधेयक माथिको अन्तिम मतदान अझै सिनेटमा हुन बाँकी छ र अब यसलाई रिपब्लिकन बहुमत भएको प्रतिनिधि सभाले अनुमोदन गर्नु पर्नेछ।
यद्यपि, त्यसपछि पनि ट्रम्पले यसलाई भिटो प्रयोग गर्न सक्छन्। त्यो भिटोलाई उल्ट्याउन सिनेट र हाउस दुवैमा दुई तिहाइ बहुमत आवश्यक पर्नेछ, जुन हाल गाह्रो देखिन्छ।
तर पनि यो मतदानलाई विपक्षीहरूको लागि ठूलो विजय मानिएको छ, उनीहरूले तर्क गरिरहेका छन् कि संयुक्त राज्य अमेरिकाले युद्ध सुरु गर्ने वा सेना पठाउने शक्ति राष्ट्रपतिमा होइन, संसदमा हुनुपर्छ, जुन अमेरिकी संविधानमा पनि व्यवस्था गरिएको छ।
आज पारित भएको प्रस्ताव भर्जिनियाका डेमोक्र्याटिक सिनेटर टिम केनले प्रस्तुत गरेका हुन । सो प्रस्तावको बहसको क्रममा उनले भने कि युद्धविरामको वार्ता भइरहेको बेला ट्रम्पले कांग्रेससमक्ष उपस्थित भएर आफ्नो रणनीति व्याख्या गर्नुपर्छ र युद्ध सुरु गर्ने शक्ति राष्ट्रपतिमा मात्र नभई कांग्रेसमा निर्भर छ।
तर, ह्वाइट हाउसले ट्रम्पले अमेरिकी सुरक्षाको रक्षा गर्न आफ्नो अधिकार क्षेत्र भित्र काम गरेको दावी गर्दै आएको छ ।
अमेरिकी कानून अनुसार राष्ट्रपतिले कंग्रेसको स्वीकृति बिना ६० दिनको लागि मात्र सैन्य कारबाही सुरु गर्न सक्छन्। त्यसपछि उनले या त युद्ध समाप्त गर्नुपर्छ, या त अमेरिकन कंग्रेसको स्वीकृति लिनुपर्छ । साथै, सेनाको सुरक्षित फिर्ता सुनिश्चित गर्न थप ३० दिनको अनुरोध कांग्रेससमक्ष गर्नुपर्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories






