+
+

प्रेस चौतारी नेपाल पाँचथरद्वारा शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न

165 पटक हेरिएको
Clock २०८२ माघ २२, बिहीबार २२:००
-- Sponsored --

AI सारांश

Fast AI

प्रेस चौतारी नेपालको २८ औँ स्थापना दिवसको अवसरमा पाँचथर जिल्ला कार्यसमितिले आयोजित शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम फिदिमस्थित होटल सरगममा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्व प्रदेश सभा सदस्य आशारत्न जवेगु ले प्रमुख अतिथिको रूपमा भाग लिनुभयो र कार्यक्रमको उद्घाटन गर्नुभयो।

कार्यक्रममा अग्रज पत्रकार सम्मान, क्रियाशील पत्रकार पुरस्कार तथा उदीयमान पत्रकारिता पुरस्कार लगायतका विधागत पुरस्कारहरू वितरण गरिएको छ।

फिदिम, पाँचथर ।
प्रगतिशील तथा श्रमजीवी पत्रकारहरूको साझा संगठन प्रेस चौतारी नेपालको २८ औँ स्थापना दिवसको अवसरमा जिल्ला कार्यसमिति पाँचथरद्वारा आयोजित शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम फिदिमस्थित होटल सरगममा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम प्रेस चौतारी नेपाल जिल्ला कार्यसमितिका उपाध्यक्ष जीवन गौतमले सञ्चालन गर्नुभएको थियो भने सचिव इवारा जवेगु ले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्व प्रदेश सभा सदस्य आशारत्न जवेगु ले पानसमा बत्ती बालेर गर्नुभएको थियो।कार्यक्रममा नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमार्फत केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएका केन्द्रीय सदस्यद्वय आशारत्न जवेगु तथा भुमिका सुब्बा लिम्बु लाई बधाई तथा शुभकामना व्यक्त गर्दै कार्यक्रमका अध्यक्ष मदन थापा ले खादा र दोसल्ला लगाई सम्मान गर्नुभएको थियो। ११ औँ राष्ट्रिय महाधिवेशनमार्फत केन्द्रीय सदस्यमा निर्वाचित भई  पाँचथर जिल्ला इन्चार्जको जिम्मेवारी प्राप्त गरेका अइन्द्र सुन्दर नेम्वाङ  भने निर्वाचन नजिकिएको तथा घरदैलो अभियानमा व्यस्त रहनुभएको कारण कार्यक्रममा सहभागी हुन नसक्नुभएको अध्यक्ष थापाले जानकारी दिनुभयो।
कार्यक्रमकामा  प्रमुख अतिथि आशारत्न जवेगु, विशिष्ट अतिथि नेकपा (एमाले) का केन्द्रीय सदस्य, राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्यका समानुपातिक उम्मेदवार भुमिका सुब्बा लिम्बु, तथा विशेष अतिथि नेकपा (एमाले) जिल्ला कमिटी पाँचथरका अध्यक्ष एवं जनवर्गीय संगठन संयन्त्रका अध्यक्ष विष्णु प्रसाद सापकोटा ले शुभकामना मन्तव्य राख्दै लोकतन्त्र सुदृढीकरण, प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिताको विकासमा जोड दिनुभयो। उहाँहरूले हाल सामाजिक सञ्जालको व्यापक प्रयोगले पत्रकारितामा थप चुनौती उत्पन्न भएको विषयमा प्रकाश पार्दै, पत्रकारहरूले सत्य र तथ्यको आधारमा निष्पक्ष पत्रकारिता गर्नुपर्नेमा जोड दिनुका साथै सबैलाई शुभकामना पनि दिनुभएको थियो।
कार्यक्रममा संगठनमा रहेर पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै अग्रज पत्रकार सम्मान बाट प्रेस चौतारी नेपाल जिल्ला कार्यसमिति पाँचथरका पूर्व उपाध्यक्ष सहमान विश्वकर्मा तथा पूर्व सचिव शान्तिदेवी राई लाई सम्मान गरिएको छ भने क्रियाशील पत्रकार पुरस्कार बाट प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटी सदस्य रमेश थापा र उदीयमान पत्रकारिता पुरस्कार बाट जिल्ला कार्यसमितिका सचिव इवारा जवेगु लिम्बु लाई जनहि नगद रु. ५ हजार सहित सम्मान पत्रद्वारा सम्मान गरिएको छ।
सम्मानित व्यक्तित्वहरूको तर्फबाट क्रियाशील पत्रकारिता पुरस्कार प्राप्त रमेश थापा तथा अग्रज पत्रकार सम्मान प्राप्त सहमान विश्वकर्मा ले मन्तव्य राख्दै संगठनप्रति आभार व्यक्त गर्नुभयो।
सञ्चार संस्थाको तर्फबाट पब्लिक टाइम्स साप्ताहिक का सम्पादक गणेश साम्पाङ राई ले शुभकामना मन्तव्य राख्नुभयो भने पत्रकारहरूको पेसागत संगठनका तर्फबाट नेपाल प्रेस युनियन, जिल्ला कार्यसमिति, पाँचथरका सचिव दिपक बोहोरा ले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो। त्यसैगरी नेपाल पत्रकार महासंघ, जिल्ला शाखा पाँचथरका अध्यक्ष भिमकुमार बाँस्कोटा ले जिल्लाको पत्रकारिता क्षेत्रको अवस्था, चुनौती र सम्भावनाबारे चर्चा गर्दै शुभकामना मन्तव्य राख्नुभयो।
कार्यक्रममा प्रेस चौतारी नेपालमा आबद्ध रही पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएर दिवङ्गत हुनुभएका पत्रकारहरूको स्मृतिमा पुष्पगुच्छा अर्पण गर्दै सम्मानपूर्वक श्रद्धाञ्जली व्यक्त गरिएको थियो।
कार्यक्रम अध्यक्ष तथा प्रेस चौतारी नेपाल जिल्ला कार्यसमिति पाँचथरका अध्यक्ष मदन थापा ले प्रेस चौतारी नेपाल स्थापना कालदेखि नै राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, प्रेस स्वतन्त्रता तथा पत्रकारहरूको हक–हितको संरक्षणमा निरन्तर क्रियाशील रहँदै आएको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा पनि अग्रज पत्रकार सम्मान, क्रियाशील पत्रकार पुरस्कार तथा उदीयमान पत्रकारिता पुरस्कार लगायतका विधागत पुरस्कारका  कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै पाँचथर जिल्लाको पत्रकारिता क्षेत्रको समग्र विकासका लागि सबै पत्रकार संगठनहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा पाँचथर जिल्लामा क्रियाशील पत्रकार पेसागत संगठनका प्रमुख तथा प्रतिनिधि, सञ्चार संस्थाका प्रमुख तथा प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win