0 प्रतिक्रिया
सिके राउतका नेता-कार्यकर्ताले फेसबुकमा बन्दुक प्रदर्शन गरेपछि …
AI सारांश
Fast AI१. जनमत पार्टी केन्द्रीय उपाध्यक्ष अब्दुल खान र जिल्ला इन्चार्ज शेख जमसैदले सामाजिक सञ्जालमा हतियार प्रदर्शन गरेपछि प्रहरीले अनुसन्धान सुरू गरेको छ।
२. जिल्ला प्रहरी कार्यालय रौतहटले सामाजिक सञ्जालमा हतियारबारे चर्चा बढेलगत्तै छानबिन प्रक्रिया सुरू गरेको छ।
३. प्रहरीले हतियार सरकारबाट इजाजत प्राप्त रहेको तथा हतियार बोकेका दुवै जना मानिस उनकै पार्टीको पदाधिकारी रहेको जानकारी दिएको छ।
सञ्जय मिश्रा
रौतहट – डा. सिके राउत नेतृत्वको जनमत पार्टी केन्द्रीय उपाध्यक्ष अब्दुल खान, रौतहट जिल्ला इन्चार्ज शेख जमसैदलगायतका नेताहरूले सामाजिक सञ्जालमा हतियार प्रदर्शन गरेपछि प्रहरीले अनुसन्धान सुरू गरेको छ। शेखलगायत नेताले सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन गरेपछि प्रहरीले अनुसन्धान सुरू गरेको हो।
जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष पूर्वमन्त्री अब्दुल खानसहित केही नेता र जिल्ला इञ्चार्ज जमसेदले शनिबार गरेको हतियार प्रदर्शनबारे जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान सुरू गरेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपककुमार रायले सामाजिक सञ्जालमा हतियारबारे चर्चा बढेलगत्तै छानबिन प्रक्रिया सुरू गरेको बताएका छन्।
जनमतका अध्यक्ष शेख जमसैदको घरमा प्रदर्शन गरिएको दुइवटै बन्दुक र बोक्ने मानिसबारे जाँचबुझ भइरहेको उनले बताए। छानबिनको क्रममा हतियार सरकारबाट इजाजत प्राप्त रहेको तथा हतियार बोकेका दुवै जना मानिस उनकै पार्टीको पदाधिकारी रहेको प्रवक्ता रायले जानकारी दिएका छन्।
‘तत्कालका लागि हतियार र मानिसलाई जिल्ला अध्यक्ष जमसैदको जिम्मा लगाएर पठाएको छु, आइन्दा सिडिओसाबको निर्देशन अनुसार हुने छ,’ उनले भने।
उता सिडिओ हिरालाल रेग्मीले प्रहरीले सुरू गरेको अनुसन्धान पूरा भएपछि उचित सुझाव दिने बताएका छन्।
उपाध्यक्ष अब्दुल खान गौर नगरपालिका सबगढा गाउँस्थित जमसैदको घरमा शनिबार भेटघाट गर्न पुगेका थिए। सोही क्रममा दुई जना मानिसले ठूलो बन्दुक बोकेको र खानसँगै जमसैद सोफामा बसेका थिए। उनकै घरको प्राङ्गणमा नेताहरू घुमिरहँदा दुवै जना मानिस हतियार बोकेर सँगसँगै हिँडेका थिए।
जनमत इञ्चार्ज जमसैदले उक्त भेटघाटको फोटो र भिडियो आफ्नै आइडीबाट शनिबार सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए। यसरी खुलेआम हतियार प्रदर्शन गरेको भनेर सामाजिक सञ्जालमा व्यापक आलोचना सुरू भएपछि जमसैदले उक्त फोटो र भिडियो सामाजिक सञ्जालबाट हटाएका थिए।
सर्वसाधारणले यसरी हतियार प्रदर्शन गर्दा कारबाही हुने र सत्ता पक्षका नेताले त्यही गर्दा कारबाही हुने कि नहुने? भन्दै उक्त क्रियाकलापबारे विरोध भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









