+
+

रौतहटको समस्या समाधान गर्न प्रम ओलीसँग माग

71 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८१ पुष १०, बुधबार २१:१७
-- Sponsored --

सञ्जय मिश्रा 
रौतहट १० पुस। रौतहट जिल्लाको समग्र विकास र बिभिन्न समस्या समाधानको लागि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराइएको छ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला ईन्चार्ज अजय कुमार गुप्ता मंगलवार पार्टी मुख्यालय पुगेर प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन्।

बर्षौ देखी जिल्लामा रहेको अधुरो पुलहरुको पूर्णता, जिल्लाको सबै निर्वाचन क्षेत्रको समग्र विकासका मुद्दाहरूका साथै लामो समय देखि साना नाकाहरुमा  ४ चक्के सवारी साधन आवागमनमा लगाईएको रोक बारे जानकारी गराएको केन्द्रिय सदस्य गुप्ताले बताएका छन्।

बिश्व महामारी कोरोनाको समय भारतीय सीमा सुरक्षा बल एसएसबीले  जिल्लाको सानानाकाहरूमा ४ चक्के सवारी साधनको आवागमनमा रोक लगाइएपछि हजारौँ परिवारको जनजीवन प्रभावित बनेको छ।

जिल्लाको बागमती नदी र बकैया नदीमा रहेका अधुरो पुलको पूर्णता पाएको अवस्थामा छैन। पुल  अधुरो हुँदा मानिसहरू वैकल्पिक मार्ग प्रयोग गर्नुपर्दा ठूलो कठिनाईमा परेका छन्।

बिगतमा पटकपटक सरकार परिवर्तन हुँदा पनि यहाँको समस्या ज्युँका त्यु रहेकाले उक्त विषयहरूमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको जिल्ला ईन्चार्ज गुप्ताले जानकारी दिएका छन्।

छोटी नाकाहरु भएर सवारी साधन आवागमन नहुँदा स्थानिय हरु कठिनाईमा परेका छन्न भने छोटी भन्सार सञ्चालन नहुँदा साना ब्यापारीहरु कठिनाईमा परेका हुन्।

सदियौं देखि चलिआएको दुईदेश बिचको रोटी बेटीको सम्बन्ध प्रभावित भएको छ। बिश्व ब्यापी रूपमा चलेको कोरोना महामारीको समय देखी भारतीय सीमा सुरक्षा बल एसएसबीले सानो नाकाबाट सवारी साधन आवतजावतमा रोक लगाएको छ।

पटकपटक स्थानिय स्तरमा सानो नाका खुलाउने बिभिन्न दलका नेताहरु बाट भएको प्रयास सफल हुनसकेको देखिएन। रौतहट जिल्लाको २८ किलोमीटर लामो भारतीय सिमानामा हाल जिल्लाको मुख्य नाका गौर र बाराको काचोर्वा नाका भएर मात्र चारपाङ्ग्रे सवारीसाधनलाई छुट दिइएको छ।

२८ किलोमीटर लामो सीमानाको वारी नेपालमा बस्ने हजारौँ नागरिक दैनिक उपभोग्य वस्तुको खरिद देखी औषधि उपचार गराउन तथा विहेवारीमा किनमेल गर्न सदियौं देखि भारतीय बजार माथी निर्भर रहेका छन्।

सीमावर्ती भारतीय बजार कुण्डवा चैनपुर, घोडासहन मात्र चार पाँच किलोमिटर पर्छ भन्ने आफ्नै सदरमुकाम २५ किलोमिटर टाढा पर्दछ। एका तर्फ भारतीय बजार नजीक हुनु र अर्को तर्फ नेपाली बजार भन्दा त्यहाँ सामानहरू सस्तो पर्ने भएकाले अन्य बिकल्प नभएको स्थानीयहरूले गुनासो गरेका छन्।

तर पछिल्लो समयमा भारतीय सीमा सुरक्षा बल एसएसबीले चारपाङ्ग्रे सवारीसाधनलाई रोक लगाएको कारण भारतमा बस्ने आफन्त लाई यहाँ आउन अथवा यताबाट त्यहाँ जान ५० किलोमिटर लामो घुमाउरो बाटो जानुपर्ने वाध्यता भएको छ।

त्यसैगरी २००७ देखि सञ्चालनमा आएको जिल्लाको छोटी भनसारहरु 
माओबादी द्वन्दको समय जिल्ला भन्सार कार्यालय गौरमा मर्ज गरिएको थियो।
तर हालसम्म उक्त छोटी भन्सार कार्यालयहरु पुनः सञ्चालन नहुँदा आवत–जावत र व्यापारिक गतिविधिमा अवरोध हुनुका साथै राजश्व संकलनमा समेत असर परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win