+
+

फाल्गुनन्द गोल्डकपः सर्वोत्कृष्ट खेलाडी समीरलाई विद्युतीय स्कुटर

451 पटक हेरिएको
Clock २०८१ पुष १५, सोमबार १८:५०
-- Sponsored --

AI सारांश

Fast AI

१. चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंका फरवार्ड समीर तामाङले विद्युतीय स्कुटर प्राप्त गर्नुभयो।
२. चर्च ब्वाइजले मछिन्द्र फुटवल क्लबविरुद्धको फाइनल खेलमा टाइब्रेकरमा विजय हासिल गर्यो।
३. चर्च ब्वाइजले रु. १० लाख तथा उपविजेता मछिन्द्रले रु. पाँच लाख पुरस्कार, ट्रफी, मेडल र प्रामाणपत्र प्राप्त गर्यो।

रवीन्द्र काफ्ले

पाँचथर, १५ पुसः
पाँचथरको फिदिममा आज सम्पन्न एघारौं फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी ठहरिँदै चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंका फरवार्ड समीर तामाङले विद्युतीय स्कुटर प्राप्त गर्नुभएको छ।
आज सम्पन्न प्रतियोगिताको फाइनल खेलको टाइब्रेकरमा चीर प्रतिद्वन्द्वी मछिन्द्रमाथि चर्च ब्वाइजले विजय हाँसिल गरेको थियो। फाइनल खेलको पाँच मिनेट अतिरिक्त समयमा गोल गरेर खेललाई बराबरीमा ल्याउँदै उपाधि यात्रा तय गरेका तामाङले विद्युतीय स्कुटर प्राप्त गर्नुभएको हो।
फाइनल खेलमा अग्रता भने मछिन्द्र फुटवल क्लबले लिएको थियो। ४५औं मिनेटमा गोल गर्दै बिजु भुजेलले मछिन्द्रलाई अग्रता दिलाउनु भएको थियो। ७८औं मिनेटमा गोल गर्दै छिरिङ लामाले चर्च ब्वाइजलाई बराबरीमा फर्काउनु भएको थियो। शनिष श्रेष्ठले ८८ औं मिनेटमा गोल गर्दै पुनः मछिन्द्रलाई अग्रता दिलाउनुभयो।
तर खेलमा थप गरिएको पाँच मिनेट अतिरिक्त समयमा समीर तामाङले गोल गर्दै चर्च ब्वाइजलाई हारबाट बचाउनु भएको थियो। प्रतियोगितामा कूल पाँच गोल गरेर सर्वाधिक गोलकर्ता समेत बन्नुभएका तामाङले विद्युत स्कुटर र सर्वाधिक गोलकर्ताको रु. १५ हजार पुरस्कार प्राप्त गर्नुभयो।
प्रतियोगितामा उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका कृशल मोक्तान, उत्कृष्ट रक्षक मछिन्द्रका देवेन्द्र तामाङ, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका दिपेश गुरुङ, उत्कृष्ट फरवार्ड मछिन्द्रका बिजु भुजेल, उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ र प्रतियोगिताको उदयमान खेलाडी आयोजक फिदिम स्पोर्टिङ क्लबका मनिष क्षेत्री घोषित हुँदै रु. १० हजारका दरले पुरस्कार प्राप्त गर्नुभयो। फाइनल खेलको उत्कृष्ट खेलाडी चर्च ब्वाइजका शनिष श्रेष्ठ घोषित हुनुभयो।
प्रतियोगिताको विजेता टोली चर्च ब्वाइजले रु. १० लाख तथा उपविजेता टोलीले रु. पाँच लाख पुरस्कार, ट्रफी, मेडल र प्रामाणपत्र प्राप्त गरे । विजेता तथा उपविजेता टोलीलाई फाइनल खेलका प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्णराज बस्नेत, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापा मगर लगायतले पुरस्कार वितरण गर्नुभयो । फिदिम नगरपालिका मुख्य प्रवद्र्धक रहेको फाल्गुनन्द गोल्डकप छ वर्षपछि पुनः सञ्चालनमा आएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win