0 प्रतिक्रिया
पाँचथरमा नेकपा एमालेबाट प्रतिनिधिसभा उम्मेदवारमा अइन्द्रसुन्दर नेम्वाङ सिफारिस
AI सारांश
Fast AI१. नेकपा एमालेले पाँचथरबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा अइन्द्रसुन्दर नेम्वाङलाई सिफारिस गरेको छ।
२. पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज सम्पन्न सचिवालय बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेम्वाङको नाम अन्तिम निर्णय गरेको हो।
३. अइन्द्रसुन्दर नेम्वाङ संविधानसभा सदस्य, नेकपा एमाले केन्द्रीय सदस्य र पाँचथर जिल्ला इन्चार्जसमेत रहेका अनुभवी नेता हुन्।
मनोज थापा, पाँचथर
नेकपा एमालेले पाँचथरबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा अइन्द्रसुन्दर नेम्वाङलाई सिफारिस गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज सम्पन्न सचिवालय बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेम्वाङको नाम अन्तिम निर्णय गरेको हो।
यसअघि एमाले पाँचथर जिल्ला कमिटीले निर्वाचनका लागि प्रारम्भिक रूपमा सात जनाको नाम सिफारिस गरेको थियो। पुष २३ गते सम्पन्न जिल्ला कमिटी बैठकले सिफारिस गरेका नामहरू कोशी प्रदेश कमिटी हुँदै केन्द्रीय नेतृत्वसमक्ष पठाइएको थियो।
जिल्लाबाट सिफारिस गरिएका उम्मेदवारहरूमा अइन्द्रसुन्दर नेम्वाङसँगै आशारत्न जबेगु, श्रीप्रसाद जबेगु, राजकुमार भण्डारी, कृष्णराज आङ्देम्बे, जयप्रकाश केरुङ र खगेन्द्र बाँस्कोटा रहेका थिए। सिफारिस सूचीमध्ये नेम्वाङ र आशारत्न पार्टीका केन्द्रीय सदस्य हुन् भने राजकुमार भण्डारी कोशी प्रदेश सचिवको जिम्मेवारीमा छन्।
जिल्ला तहमा सर्वसम्मत निर्णय हुन नसके पनि पार्टीको आन्तरिक प्रक्रिया अनुसार जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म छलफलपछि आजको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवारका रूपमा अघि बढाएको एमालेले जनाएको छ।
अइन्द्रसुन्दर नेम्वाङ संविधानसभा सदस्य, नेकपा एमाले केन्द्रीय सदस्य र पाँचथर जिल्ला इन्चार्जसमेत रहेका अनुभवी नेता हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories







