0 प्रतिक्रिया
सर्लाहीमा बसले थिचेर सशस्त्र प्रहरी निरीक्षकको मृत्यु
AI सारांश
Fast AIविजयकुमार तुलाधरको मृत्यु भएको घटनाको सारांश निम्न ३ बुँदामा दिइएको छ:
* बलरा नगरपालिका-९ छतौना बोर्डर आउट पोस्ट (बिओपी)का इन्चार्ज विजयकुमार तुलाधर सर्लाहीमा बसले थिचेर मृत्यु भएको छ।
* तुलाधरलाई बागमती प्रदेश०१-००६ख २००४ नम्बरको बसले थिचेको थियो ।
* प्रहरीले घटनास्थलबाट बसका चालकसहित तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडौं- सर्लाहीमा बसले थिचेर सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ।
मृत्यु हुनेमा बलरा नगरपालिका-९ छतौना बोर्डर आउट पोस्ट (बिओपी)का इन्चार्ज विजयकुमार तुलाधर रहेका छन्।
ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक तुलाधरमाथि मंगलबार राति बस बजारिएको नेपाल प्रहरी मधेस प्रदेश कार्यालयले जनाएको छ।
बागमती प्रदेश०१-००६ख २००४ नम्बरको बसले तुलाधरलाई थिचेको थियो।
बसले थिचेर गम्भीर घाइते भएका निजको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको उक्त कार्यालयले जनाएको छ।
प्रहरीले घटनास्थलबाट बसका चालकसहित तीन जनालाई पक्राउ गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











