+
+

साइबर अपराध र जोखिम बारे जेनिस सोलुसन र प्रहरी बिच अन्तरक्रिया

155 पटक हेरिएको
Clock २०८२ जेष्ठ २८, बुधबार १५:५४
-- Sponsored --

AI सारांश

Fast AI

१. प्रहरी प्रधान कार्यालय नक्साले बढ्दो साइबर अपराध र जोखिमलाई मध्यनजर गर्दै मंगलबार बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
२. कार्यक्रममा अन्तर्राष्ट्रिय सूचना प्रविधि कम्पनी जेनिस सोलुसनका प्राविधिक प्रमुख निरञ्जन कुँवरले साइबर सुरक्षाबारे कार्यपत्र प्रस्तुत गरेका थिए।
३. साइबर सुरक्षा सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयोग र सुरक्षा रणनीतिबारे छलफल भएको कम्पनीको भनाई छ।

काठमाडौं। प्रहरी प्रधान कार्यालय नक्सालले बढ्दो साइबर अपराध र जोखिमलाई मध्यनजर गर्दै मंगलबार बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

‘साइबर अपराधको वर्तमान अवस्था, चुनौति र समाधान’ विषयक कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतलगायत सरोकारवाला निकायका प्रतिनिधि र व्यक्तिहरुको उपस्थिति थियो।

कार्यक्रममा अन्तर्राष्ट्रिय सूचना प्रविधि (आईटी) कम्पनी जेनिस सोलुसनका प्राविधिक प्रमुख निरञ्जन कुँवरले साइबर सुरक्षाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

सो अवसरमा प्रहरीको साइबर ब्यूरो प्रमुख डीआईजी नवीन्द्र अर्याल, सूचना प्रविधि प्रमुख डीआईजी अरुण भण्डारी, एसएसपी ज्ञानेन्द्रराज राईलगायत प्रहरी प्रधान कार्यालयका विभाग, महाशाखाका उच्च प्रहरी अधिकारीको सहभागिता रहेको थियो ।

जेनिस सोलुसनका वरिष्ठ निर्देशक एवं आईटी इन्जिनियरहरु अमित जोशी, शरद बन्जरा, निर्वान पाल, सम्पन्न श्रेष्ठसमेत सहभागी कार्यक्रममा साइबर सुरक्षा सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयोग र सुरक्षा रणनीतिबारे छलफल भएको कम्पनीको भनाई छ ।

साइबर सुरक्षा जोखिम बढ्दै गइरहेको पछिल्लो समयमा प्रहरीले आयोजना गरेको यस खालको बृहत् कार्यक्रमलाई सकारात्मक मानिएको छ ।

नेपालसहित ११ वटा देशमा कार्यालय स्थापना गरी आईटी सेवा प्रवाह गरिरहेको जेनिससँगको सहकार्यमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । उक्त कम्पनीको प्रमुख अन्जनी फुँयाल नेपाली मुलका बेलायती हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win