पाँचथर-गोल नेपाल डट कमका खेल पत्रकार तुलसी सिटौला तेह्रथुम जिल्लाका क्रियाशील खेल पत्रकारका रूपमा सम्मानित भएका छन्।
बिहीबार तेह्रथुम जिल्ला स्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा छथर शुक्रबारेमा उनलाई सम्मान गरिएको हो।
ग्रामीण क्षेत्रमा रहेर खेल पत्रकारितामार्फत तेह्रथुम जिल्लाको खेलकुद विकासमा पुर्याएको योगदान तथा जिल्लालाई खेलको माध्ययमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन गरेको भूमिकाको उच्च कदर गर्दै खेलकुद विकास समिति तेह्रथुमले उनलाई सम्मान गरेको हो। उक्त अवसरमा समिति अध्यक्ष राजेन्द्र बरालले सिटौलाको योगदान प्रशंसनीय रहेको बताउनुभयो।